समाचार

    Showing 14,121-14,130 of 26,701 items.
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सशस्त्रका असइको मृत्यु

    झापा— पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (असइ) पुरनलाल राजवंशी रहेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको  बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 239 पटक पढिएको
  • टिप्परको ठक्करबाट बौद्धमा एक जनाको मृत्यु

    काठमाडौं—  काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर टिप्परको ठक्करबाट नाम नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिप्पर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।चालकलाई मण्डनदेउपुरबाट आइतबार बिहान  नियन्त्रणमा लिएर काठमाडौं ल्याउन लागिएको एसपी बोहराले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 178 पटक पढिएको
  • माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाः आउटलेटबाट हेडरेस सुरुङ निर्माण सुरु

    काठमाडौं— धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको काम सम्पन्न गर्न आग्रह गरे । योसँगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ ।यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४ खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सु

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 239 पटक पढिएको
  • आइतबार (आज) बस्दै प्रतिनिधिसभाको बैठक

    काठमाडौं—  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछ

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 291 पटक पढिएको
  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    झापा— झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर शनिबार बिहान दुई बालकको मृत्यु भएको छ ।मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा– ११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।शनिबार बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल पुर्‍याएका थिए ।हस्पिटलका चिकित्सकले दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 234 पटक पढिएको
  • शनिबार (आज) बकर ईद देशैभर सार्वजनिक बिदा दियो

    काठमाडौ— नेपाल सरकार, गृह मन्त्रालयले सूचना जारी गर्दै आज शनिबार देशैभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुसलमान धर्मावलम्बीहरूको पवित्र पर्व बकर ईद (ईद–उल–अजहा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपाल राजपत्रमा पूर्वप्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा रहने व्यवस्था गरिएकाले यस वर्ष मुस्लिम आयोगको सिफारिस अनुसार असार २४ गते शनिबार बिदा दिन लागिएको जानकारी गराइएको छ।बकर ईदको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूलाई मन्त्रालयले शुभकामना व्यक्त गरेको छ।विज्ञप्तिमा सहसचिव एवं प्रवक्ता राम

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 298 पटक पढिएको
  • आगलागी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

    बाजुरा— जिल्लाको बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटेलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ग्यास सिलिन्डर पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिक

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 202 पटक पढिएको
  • आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    काठमाडौं— वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन प

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 388 पटक पढिएको
  • पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरेका छन्। शुक्रबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पतञ्जली जग्गा प्रकरणमा माधव नेपालविरुद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको बताएका हुन्। अध्यक्ष प्रचण्डले माधव नेपाल स्वयंले अदालतले न्याय दिने बताएको र आफूलाई पनि न्याय दिनेमा विश्वास रहेको बताए। उनले भने,‘माधवजीले नै आश्चर्यमा हुनुहुन्छ भन्नुभएको छ। उहाँले अदालतले न्याय दिन्छ भन्ने कुरामा विश्वास गर्नु भएको छ। सफाइ पाउँछु पनि भन्नुभएको छ। अदालतले उहाँमाथि न्

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 324 पटक पढिएको
  • नागढुंगामा ४५ लाखभन्दा बढी मूल्यको सुनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं  - उपत्यका छिर्ने नाका नागढुंगा चेक पोष्टमा एक भारतीय यात्रु २७४.८३ ग्राम सुनसहित पक्राउ परेका छन् ।काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको यात्रुवाहक बसमा चेकजाँचको क्रममा भारत वेस्ट बंगाल घर बताउने करिब ३१ वर्षीय महादेव सामन्तलाई ४५ लाख ६३ हजार ८२६ रूपैयाँबराबरको सुनसहित पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अपीलराज बोहराले बताए ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 253 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.