समाचार

    Showing 14,251-14,260 of 26,701 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने क्रम जारि छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।राति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया ब

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 277 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीद्वारा पुत्ला दहन

    काठमाण्डौ  ।  गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँको बागबजारमा मसाल जुलुस प्रदर्शन गरेको छ।प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुत्ला दहन गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि भ्रष्टाचारको आरोप लागेपछि उनको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठन तथा प्रतिपक्षी दलहरूले दबाब बढाइरहेका छन्।अखिल क्रान्तिकारीले पनि यसै सन्दर्भमा आक्रामक रूपमा विरोध प्रदर्शनमा उत्रिएको हो।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 286 पटक पढिएको
  • बिहिबार अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट पेश गर्ने

    काठमाण्डौ । संसदको विहिबार बस्ने बैठकमा बजेट पेश हुने भएको छ ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको विहिबार अपराहन्न ३ बजे बस्ने संयुक्त बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ ।संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई बैठक शुरु हुनु १५ मिनेट अघि उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि विहिबार अपराहन्न साढे १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 377 पटक पढिएको
  • कांग्रेस नेता आलमलाइ उच्च अदालत वीरगञ्जले दियो सफाइ

    काठमाण्डौ  ।  बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन्। रौतहटको बहुचर्चित बम विष्फोट घटनामा दोषमुक्त भएका नेपाली कांग्रेसका पूर्वमन्त्री अफताब आलम आजै जेलमुक्त हुने भएका छन्। उच्च अदालत वीरगञ्जले बुधबार उक्त मुद्दामा आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको हो।कारागारमा रहेका आलमलाई उच्च अदालतको आदेशअनुसार आजै रिहा गरिने तयारी भइरहेको छ। उच्च अदालत वीरगञ्जका न्यायाधीश डा। खुशीराम थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलम, उनका भाइ महताब आलम, र सहयोगीहरू शेष सेराज र बद्री सहनीलाई दोषमुक्त गरेको हो।यसअघि रौतहट जिल्ला अदालतले १३ वैशा

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 368 पटक पढिएको
  • भोलिको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल

     काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले जेठ १५ गतेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालना गर्न आग्रह गरेको छ ।'एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ । साथै, प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गर्दछ,'

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 292 पटक पढिएको
  • भोली १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरियो

    काठमाडौं— प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित गरिएको छ । सूचना टाँस गरेर अपराह्न साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, गृह मन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा विपक्षी दल रहे पछि सभामुख देवराज घिमिरेले सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको थियो ।सो समय सीमामा पनि सहमति नभए पछि भोली १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 320 पटक पढिएको
  • भिजिट भिषा प्रकरण: संसदमा बोल्ने वातावरण नभएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

    काठमाडौं— भिजिट भिषा प्रकरणबारे गृहमन्त्रीलाई अप्ठ्यारो बनाएको छ । उनलाई विपक्षी दलहरूले संसदमा अवरोध गरेपछि प्रतिनिधिसभा बैठकमा सो बारे बोल्न पाएनन् । चारै तिरबाट गृहमन्त्री रमेश लेखकले नैतिक आधारले राजिनामा दिनु पर्ने दबाब आएको छ । सामाजिक सञ्जालदेखि संसद भवनमा समेत उनको राजिनामा मागेका छन् । तर उता कांग्रेसका सभापति शेर बहादुर देउवाले भने उनको संरक्षण गरेका छन् । गृहमन्त्री लेखकले सो बारे संसदमा जवाफ दिन खोजिरहेका थिए तर विपक्षी दलका सांसदहरुले उनलाई बोल्न नदिएपछि पत्रकार सम्मेलन गर्ने भएका छन्। गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा बोल्न समय मागेपनि विपक्षी दलहरू

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 417 पटक पढिएको
  • रेविकाको न्याय माग्दा पक्राउ परेका विद्यार्थीहरु को को हुन? (नामसहित)

    काठमाडौं— तीनकुनेमा भएको राजावादीे आन्दोलनमा २०८१ चैत १५ गते घाइते भएकी २२ वर्षीया रेविका खत्रीको न्यायका लागि निषेधित क्षेत्र संसद भवनको मूल गेट  बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । घाइते रेविकाको सहज उपचार र न्यायको माग गर्दै  कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् ।बानेश्वरस्थित संघिय संसद भवनको १ नम्बर गेटमा प्रदर्शन गर्ने क्रममा कोटेश्वर बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्यार्थी संघको आयोजनामा विद्यार्थीहरुले रेविकाको न्यायका लागि प्रदर्शन गरेको जिल्ला प्रहरी परिस

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 359 पटक पढिएको
  • भिजिट भिसा प्रकरणः गृहमन्त्रीको राजीनामाको माग राष्ट्रियसभामा पनि उठ्यो, देउवाले संरक्षण गरेका गृहमन्त्रीले सजिलै देलान त राजिनामा?

     काठमाडौं— राष्ट्रियसभाको बुधबारको बैठकमा पनि गृहमन्त्रीको राजीनामाको माग उठेको छ। आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ थियो।पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उनले बताए। दुई तिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप पनि सांसद

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 291 पटक पढिएको
  • सांसदद्वारा बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

    काठमाडौं— राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गरे । उनले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताए ।उनले भने, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 346 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.