समाचार

    Showing 14,271-14,280 of 26,701 items.
  • आज गभर्नर पौडेलविरुद्धको रिटमा पेसी

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजका लागि पेसी तोकिएको छ ।अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए । रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई म्याच फिक्सिङ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उ

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 270 पटक पढिएको
  • प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी

    सुनसरी  ।   इटहरी उपमहानगरपालिका स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधवार राति करिब २ बजेदेखि सुरु भएको आगो बिहान ७ बजे सम्म नियन्त्रणमा आउन सकेको छैन।नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीसहित आसपासका १० भन्दा बढी पालिकाबाट दमकल परिचालन गरिएको छ। दमकल टोली र सुरक्षा निकायहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।विराटनगरका उद्योगी वसन्त राठीद्वारा सञ्चालित उक्त प्लाइउड फ्याक्ट्री करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ। राठीका अनुसार फ्याक्ट्री मङ्गलवार बन्द थियो र आगलागीको कारण अहिले सम्म स्पष्ट हुन सकेको छैन।फ्याक्ट्

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 288 पटक पढिएको
  • आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

    काठमाण्डौ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्नेछ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।प्रतिनिधि सभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्र

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 350 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 343 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखी आंशिक बदली रहेको छ।कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 270 पटक पढिएको
  • गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माईतीघरमा बिरोध प्रदर्शन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन भएको हो ।बिरोध गर्नेहरुमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर उनीहरुले सामुहिक प्रदर्शन गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 313 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरियो

    काठमाडौं— प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।  बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित  गरिएको सभामुखको सचिवालयले जनाएको छ।मंगलबार बिहान बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहितका दलले संसद् अवरोध गरेका थिए। भिजिट भिसा’ प्रकरणमा संलग्न रहेको आरोप लागेका मन्त्री लेखकले सम्बोधन गर्ने कार्यसूची रहे पनि प्रतिपक्षी अवरोधका कारण उनले सम्बोधन गर्न पाएनन्।सभामा माओवादी सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले लेखकले राजीनामा दिनुपर्ने बताएका थिए। खनालले लेखकले राजी

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 228 पटक पढिएको
  • एक महिनामा आगलागीमा परेर ११ जनाको मृत्यु, ६७ जना घाइते

    काठमाडौं— पछिल्लो एक महिनामा देशभर आगलागीमा परेर ११ जनाले ज्यान गुमाएका छन् । आगलागीमा परेर ज्यान गुमाउनेमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्यांक विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको बताए । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् ।आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उनले बताए । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपायसमेत मरेका छन् । ती आगल

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 333 पटक पढिएको
  • सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

     बेनी— म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए। घटनापछि प्रहरी र स्थानीय बासिन्दा

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 249 पटक पढिएको
  • डीडीसीले उत्पादन गरेको दूधमा कम तौल भएको सीसीटीभी बाहिरिएपछि भयो हलचल, पूर्वआयोजना प्रमुख आशंकाको घेरामा

    काठमाडौं—  दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ ।बालाजु प्लान्टबाट आधा लिटरको प्याकेट भनी बजारमा पठाइएको तर तौल जाँच गर्दा चारसय एमएल मात्र पाइएपछि उक्त घट्ना अनुसन्धानको दायरमा ल्याइएको छ । सोही घट्नामा दुग्ध विकास संस्थान बालाजुका पूर्वआयोजना प्रमुख गणेश कुमार यादव संलग्न भएको भनि कर्मचारीले विज्ञप्ति नै जारी गरी आपत्ति जनाएपछि घट्नाले फरक मोड लिंदै गएको छ । यादवकै अगुवाइमा जानाजान चारसय एमएलको दूध प्याकेट उत्पादन गराई बजारमा पठाउने, निजी डेरीहरूसँग मिलेमतो गरी तौलमा हेरफेर गर्ने र संस

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 468 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.