समाचार

    Showing 14,301-14,310 of 26,701 items.
  • प्रधानमन्त्रीलाई नै पक्राउ गर्न माग गर्दै प्रहरीलाई राप्रपा नेताको पत्र

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै प्रहरीलाई पत्र लेखेका छन् ।शनिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौं कब्जा गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सो दिन राप्रपासहित राजावदी शक्तिहरुले राजतन्त्र र हिन्दूराज्यको मुद्दासहित प्रदर्शनको तयारी गरेका छन् ।सोही दिन आफ्ना कार्यकर्ताहरुलाई प्रतिवाद गर्न प्रधानमन्त्री ओलीले उर्दी जारी गरेर हिंसा भड्काउन खोजेको भन्दै हमालले प्रहरीलाई पत्र लेखेका हुन् ।‘‘शान्ति सुरक्षा खलल पुर्याउने, हिंसा भड्काउने र देशलाई द्वन्दतर

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 357 पटक पढिएको
  • मोबाइल लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं— काठमाडौंको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा मगर ‘च्वाँचे’, २४ वर्षीय सन्तोष तामाङ र धादिङ घर भएका १९ वर्षीय प्रविन भण्डारी छन् । आरोपीहरु यसअघि ८ वटा लुटपाट तथा चोरीको घटनामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी बोहराको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 391 पटक पढिएको
  • न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ: निकिता

    काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी क्ष्रीमती निकिता पौडेलले अब न्याय माग्न म कहाँ जाऊ ? भन्दै भावुक भएकी छन् । सामाजिक सञ्जालमार्फत पौडेलले सर्वोच्च अदालतले आफुलाई न्याय नदिएको उल्लेख गर्दै अब, न्याय माग्न म कहाँ जाऊँ ? भन्दै प्रश्न गरेकी हुन्  ।उनले गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि आस्था र विश्वासको जग बेस्सरी हल्लिएको उल्लेख गरेकी छन् ।   

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 315 पटक पढिएको
  • ओलीलाई आयोगले दियो चेतावनी

    काठमाण्डौ  ।  राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ ।प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौंको आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 357 पटक पढिएको
  • गृहमन्त्री ज्यु राजिनामा दिएर जेलजान तयार हुनुपर्ला जस्तो छ: हर्क साम्पाङ

    काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखेकमाथि सामाजिक सञ्जालमार्फत मेयरले गृहमन्त्री लेखकको भेट रास्वपा सभापति रवि लामिछानेसँग जेलमा हुन्छ कि भन्दै व्यंग्य गरेका छन।उनले गृहमन्त्री लेखकले राजीनामा दिएर जेल जान तयार रहनु पर्ला जस्तो देखिएको बताएका छन। राईले सबै गृहमन्त्रीहरू जेल जाने भए सुरक्षा कसले गर्ने भन्दै प्रश्न समेत गरेका छन।यस्तै मेयर राईले शान्ति सुरक्षा र सुशासनको ग्यारेण्टी दिने मुख्य मान्छे गृहमन्त्री भएकाले उनीहरू नै मानव तस्करी, सहकारी ठगीजस्ता प्रकरणमा जेल जानु दुखद भएको उल्लेख गरे।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 243 पटक पढिएको
  • प्रदेश प्रहरी प्रमुखलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम प्रदान

    विराटनगर— मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरुद्वारा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत, सम्मान तथा शुभकामना व्यक्त गरेका छन् । उद्योग व्यापार संघकाका पदाधिकारीले बर्तमान शान्ति सुरक्षा लगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया गरेका थिए। जेष्ठ ११ गते विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अनिल कुमार साह तथा उपाध्यक्ष  बिकास कुमार बेगवानी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो  । उक्त कार्यक्रममा उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रूकेश तण्डु

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 373 पटक पढिएको
  • अध्यक्ष दाहाल भन्छन समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँ

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेको बताएका छन् ।सोमबार ललितपुरमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विभिन्न उत्तारचढावका बीच आजको दिन सम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको बताए । उनले गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा आफूहरूले लागिरहेको जिकिर गरे ।अध्यक्ष दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 346 पटक पढिएको
  • भारततर्फ लैजादै गरेको ६० केजि गाँजा बरामद, शसस्त्र प्रहरी देखेपछि गाँजा छोडेर मान्छे फरार

    बारा— बाराको सिम्रौनगढ नगरपालिका–४ मा गएराती लुकाईछिपाइ भारततर्फ लैजादै गरेको प्रतिबन्धित गाँजा शसस्त्र प्रहरी देखेपछि वेवारिसे छोडेर भागेका छन् । सोही नगरपालिकाको गङ्गानगरमा १२ः४५ बजे ६० केजी गाजा वेवारिसे छोडेर भागेका हुन् ।गोप्य सूचनाका आधारमा ससस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा बल पिपरपाती गुल्मपती प्रनाउ राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको टोली त्यसतर्फ गएकोे प्रनाउ राजनलाल श्रेष्ठले जानकारी दिए । सोमबार (आज) १२ः४५ बजे राती लुकाईछिपाई टाउकोमा बोकि खेतको आलीआली हुँदै भारततर्फ लैजादै गर्दा शसस्त्र प्रहरीलाई देखेपछि मान्छे भागेकोले गाँजा छोडेर भागेको श्रेष्ठको भनाइ छ । बरामद ग

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 509 पटक पढिएको
  • जाजरकोटमा भूकम्पको धक्का

    काठमाण्डौ  ।  जाजरकोट केन्द्रबिन्दु आज सोमबार दिउँसो भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 313 पटक पढिएको
  • माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिचमा एकता

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिचमा एकता भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएसँगै दुवै दलबीच एकता भएको छ ।  तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गर्दै माओवादीसँग एकता गर्ने गरेका हुन् । नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 437 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.