समाचार

    Showing 14,371-14,380 of 24,870 items.
  • रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदँैछन् ।उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् ।रवि बुधवार अदालत उपस्थित भएपछि बयान तथा थुनछेक बहस हुनसक्नेछ । यसका लागी उनी आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 442 पटक पढिएको
  • फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

    झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन् ।‘स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो’, उनले भनिन्, ‘माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।’नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत स

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 301 पटक पढिएको
  • पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार

    पर्वत । पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए ।पुनका अनुसार दुई सय ११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 204 पटक पढिएको
  • पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

    काठमाडौँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् । पुराण श्रवण गरेरै मानिसले आफूलाई  आध्यात्मिक शिक्षा लिएर कल्याण गरेका हुन्छन् ।पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट आफूलाई जोगाउने गरेको कथावाचक एवं हिन्दू जागरण नेपालका

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 215 पटक पढिएको
  • वि.सं. २०८१ माघ ०९ गते बुधवार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मविश्वास र नयाँ सोच लक्ष्य प्राप्ति गर्नमा सहायक बन्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)साहित्य र लेखन कलामा सफलता मिल्नेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ। महत्वकांक्षी लक्ष्यहरू प्राप्त गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। खानपानको विशेषमा ध्यान राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। सन्तान पक्षबाट शु

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 417 पटक पढिएको
  • पूर्ण विद्युतीकरण घोषणाको तयारीमा मधेस प्रदेश

    सिरहा । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुुख शम्भु कुसियतले प्रदेशका सबै टोलबस्तीमा विद्युत्् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको बताएका छन् । आज सप्तरीको सुरूङ्गा नगरपालिकास्थित लक्ष्मीपुरमा ‘लक्ष्मीपुर–सुरूङ्गा फ्यृज सेवा तथा महसुल सङ्कलन काउण्टर’को उद्घाटन गर्दै प्रादेशिक प्रमुख कुसियतले यस्तो बताए ।‘अहिले हामीले ९९ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण गरिसकेका छौँ’, प्रादेशिक प्रमुख कुसियतले भने, ‘अब चाँडै नै प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गर्दै छौँ ।’उनका अनुसार प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनु

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 193 पटक पढिएको
  • गीताले ल्याइन् मेरा कलमका डोबहरु

    काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा नेपाली फिल्मकी प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएकी हुन् ।कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार राजु सिंह, गीतकार सं

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 227 पटक पढिएको
  • कर्जा रिकभरीका क्रममा बैंकका कर्मचारीहरुमाथि हमला हुने गरेको गुनासो

    काठमाडौं । नेपालको अर्थतन्त्र अझैपनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले अर्थतन्त्रमा समस्यामै रहेको औंल्याएका हुन् । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० ग्रोथको हिसाबले बलियो रहेपनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने बताए । उनले भने, ‘यस वर्ष र आगामी दुई वर्षमा विश्वव्यापी रुपमा धेरै परिवर्तनको अपेक्षा गर्न सकिदैन् । नेपालको सन्दर्भमा हेर्दा अलिकति बलियो जस्तो देखिन्छ । विश्वव्यापी रुपमा समस्याहर

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 321 पटक पढिएको
  • सरकार हाम्रो प्राथमिकता होइनः अध्यक्ष प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् । । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए ।अध्यक्ष दाहालले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।’आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए । माओवादी केन्द्र अह

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 268 पटक पढिएको
  • बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्य प्रस्ताव गरेको छ ।प्रहरी महानिरीक्षक तथा सेनाद्वारा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुखहरूसँग आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्था हुँदा सुरक्षा निकायका अस्पतालमा ‘अपरेसन वार्ड’ खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्यको प्रस्ताव गरेका हुन् ।मन्त्री पौडेलले भने, ‘सङ्घीय अस्पतालहरूमा ‘सिफ्ट’ थप्ने तथा अतिरिक्त समयमा काम गरी बिरामीको चाप व्यवस्थापन भइरहेको छ । सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अ

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 359 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.