समाचार

    Showing 14,521-14,530 of 26,701 items.
  • आज ७३औँ कानुन दिवस मनाइँदै

    काठमाडौं— आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको ह

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 232 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केहि स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।दिउसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका केहि स्थानमा

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 442 पटक पढिएको
  • माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन, १ महिना १० दिन भइसक्दा पनि सरकारको प्रतिक्रिया नआएको गुनासो

    काठमाडौं— ऋणबाट मुक्त हुने आशामा २०८१ चैत १७ गतेदेखि निरन्तर सडक प्रदर्शनमा होमिएका लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका उनीहरुलाई १ महिना १० दिनमा पनि माइती मण्डलामा प्रदर्शन गरेका हुन् ।गत चैत १७ गते गतेदेखि सडक आन्दोलनमा होमिए पनि सरकारले पहिला गरेका सम्झौता पुरा नगरेको भन्दै बिहीबार उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि भएका थिए ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 594 पटक पढिएको
  • जेठ १५ गतेबाट राजावादीले अनिश्चितकालीन जनआन्दोलन गर्ने

    काठमाडौं— राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेको हो ।राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेको बताए । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत् भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका द

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 358 पटक पढिएको
  • प्रधानमन्त्रीको अनुहार हँसिलो देखिन्छ, तर भित्रको व्यथा रित्तो पेट र चिसो जेल,जसले तपाईलाई भावुक बनाउनेछ

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मृगौला (किड्नी) फेल हुनुको वास्तविक कारण सामान्य लापरवाही नभई कठोर जेल जीवन र अत्यधिक पेनकिलर प्रयोग भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिलोपटक सार्वजनिक रूपमा यसबारे स्पष्ट पारेका हुन्।ओलीका अनुसार उनको किड्नी बिग्रनु लापरवाहीका कारण थिएन। "डेढ महिना सुत्न मात्र राखियो, खाना दिइएन," उनले पीडा पोख्दै भने। चिसो गोलघरभित्र तल्लो भागबाट पानी आउँथ्यो, जसले स्वास्थ्य झन् बिग्रँदै गयो।जेलमा उनलाई नेलहतकडी लगाइन्थ्यो, जसले गर्दा शरीरमा घाउ भएर पनि उपचार नपाएको उनले खुलाए। “धन्न फलामको नेलबाट टिटानस भएन,” भन्दै उनले पीडाको गहिरो स्मरण गर

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 272 पटक पढिएको
  • गोर्खा सैनिकलाई भारत - पाकिस्तान युद्धको अग्र पङ्तिमा नराख्न सासंद तामाङ को आग्रह

    काठमाडौँ —  प्रतिनिधिसभामा सांसद मिना तामाङले चर्को चेतावनी दिएकी छिन् – “भारत र नेपालबीच कुनै पनि सैन्य संघर्ष भए गोर्खा सैनिकलाई पहिलो पंक्तिमा प्रयोग नगरियोस्!”बिहीबार संसदको शून्य समयमा बोल्दै तामाङले नेपाल सरकारलाई तत्काल भारतसँग गम्भीर संवाद र कूटनीतिक पहल गर्न आग्रह गरिन्। उनका अनुसार नेपाली नागरिक, विशेषगरी गोर्खा सैनिक, भारत–पाकिस्तान संघर्षको सिधा शिकार बन्ने जोखिममा छन्।“कश्मीर क्षेत्रमा भएको सांघातिक आक्रमणले मानवीय क्षति भएको छ। यस्ता घटनाले भारतमा रोजगारीमा रहेका नेपालीहरू समेत जोखिममा पर्छन्,” तामाङले भनिन्, “त्यसैले उनीहरूको सुरक्षा र उद्धार सुनिश्चित गर्नुपर्ने बेला आएको

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 273 पटक पढिएको
  • धितोपत्र बोर्डमा कमिसन काण्ड! ८९ कम्पनीको आईपीओ रोकिएको रहस्य खुलेपछि अख्तियारले मारे छापा

    संसदमा उठेको ‘कमिसन काण्ड’को कुरा सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमै छापा मारेको छ। बुधबार बिहान ११:३० बजे ललितपुरस्थित बोर्डको कार्यालय पुगेको अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिँदै दिनभर फाइल अध्ययन गरेको छ।बोर्डले पछिल्ला २२ महिनामा ८९ कम्पनीको आईपीओ अनुमति रोकेको थियो। जलविद्युत् कम्पनीहरूबाट ७% सम्मको ‘कमिसन’ बिचौलियामार्फत उठाएको आरोप लागेपछि यो विषय संसदमै पुगेको थियो। यसै कारण अख्तियारले तत्काल एक्सन लिएको बुझिएको छ।छानबिनको घेरामा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ पनि परेका छन्। उनले भने आफूविरुद्ध प्रमाणबिना आरोप लगाइएको भन्दै विरोध जनाएका छन

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 226 पटक पढिएको
  • चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर— उदयपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगरको मृत्यु भएको हो ।घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङ लागेर घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  त्यस्तै खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा घटना स्थलमा नै मृत्यु भएको हो ।घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोलीले मृतक लाशको पोष्टमार्टम पश्चात आफन्

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 292 पटक पढिएको
  • रेबिज लागेर ३२ वर्षीय युवकको मृत्यु

    चितवन— रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ। निजको भरतपुर अस्पतालमा उपचारका क्रममा विहीबार (आज) मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। प्रजालाई दुई महिनाअघि कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 290 पटक पढिएको
  • तीनकुनेमा तीन वटा गाडी जुध्दा एक जनाको मृत्यु, तीन घाइते

    काठमाडौं - तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए।बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए।मोटरसाइकलक

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.