काठमाडौं— काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ ।उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प
काठमाण्डौ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।राती देशको पहाडी भू-भ
काठमाडौं— द्वन्द्वपीडितका नौ ओटा संस्थाहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूहरूको निवेदनमा सङ्क्रमणकालीन न्याय आयोगका लागि पेश भई संक्षिप्त सूचीमा परेका अधिकारकर्मीहरूको नाम फिर्ता गर्दै आगामी प्रक्रियामा सहभागी नहुन अनुरोध गरेका छन् ।विज्ञप्तिमा अधिवक्ता रेश्मा थापा, वरिष्ठ अधिवक्ता राजु चापागाँई, अधिवक्ता सन्तोषबाबु सिग्देल, टिका ढकाल, अधिवक्ता सृजना पोखरेल शिवाकोटी, डा. वीरेन्द्र थपलीया र गोपालनाथ योगीलाई आगामी दिनमा हुने अरु प्रक्रियामा सामेल नहुने अनुरोध गरिएको छ ।‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न २०८१ चैत ११ गते गठित
काठमाडौं— नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो ।
काठमाडौं— वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् ।महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए । प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्ने बित्तिकै वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ । वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलको दाबी छ ।उक्त घटनाका विषयमा कर्मचारी सम्बद्ध
विराटनगर— जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई अवार्ड प्रदान गरेको छ । रायलाई 'जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको हो । संस्थाको वार्षिक पुरस्कार वितरण समारोहमा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले उनलाई गोल्डेन अवार्ड प्रदान गरे । यसअघि विजयकुमार मण्डल, तुलसादेवी काफ्ले, मैया राई र दिलबहादुर बिकले गोल्डेन अवार्ड प्राप्त गरेका थिए । त्यस्तै जीवन विकासको जिल्ला कार्यालय इलाम प्रमुख सुशील सिठुबले जीवन विकास साहसी अवार्ड प्राप्त गरेका छन् । संस्थाले नमुना र साहसिक काम गर्ने कर्मचारीलाई यो
बिर्तामोड: त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर कृषि र पशु विज्ञान अध्ययन संस्थानका चार आंगिक क्याम्पस रहेको छ l जस मध्ये विद्यार्थीहरुले तिनओटा क्याम्पसमा शुक्रबार तालाबन्दी लगाएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कृषि स्नातक अध्यापन गराउने झापा जिल्लाको गौरादह कृषि क्याम्पस, लमजुङ जिल्लाको लमजुङ कृषि क्याम्पस, र रुपन्देही जिल्लाको पक्लिहवाका विद्यार्थीहरुले शुक्रबारदेखि नै क्याम्पसको प्रशासनिक एबं शैक्षिक गतिविधि ठप्प हुनेगरी अनिश्चित कालका लागि क्याम्पसमा तालाबन्दी गरेका छन्। सेमेस्टर परिक्षामा अनुत्तीर्ण विद्यार्थीले पुनः परिक्षामा फेरि अनुत्तीर्ण भएको खण्डमा उक्त स
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । आफ्नै घरको शौचालयमा लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् ।उनका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो । प्रचण्डले अस्पताल जानु नपर्ने बताए पनि परिवारले अरु चेकअपका लागि मेडिसिटी अस्पताल लगेका थिए ।अस्पताल श्रोतका अनुसार उनको टाउकोमा तीन टाका लगाइएको छ। उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।
काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी साधरणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.