समाचार

    Showing 14,551-14,560 of 26,701 items.
  • नेपाल प्रहरीका २०८ नायब निरीक्षक (सई) को पदस्थापन

    काठमाण्डौ  ।  नेपाल प्रहरीका २०८ प्रहरी नायब निरीक्षकहरूको एकैपटक बढुवा तथा पदस्थापन भएको छ ।प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।उनीहरूलाई प्रचलित नियमअनुसार हालकै दरबन्दीबाट तलब, भत्ता तथा रासन सुविधा प्राप्त हुने गरी पदस्थापन गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 257 पटक पढिएको
  • सुधार केन्द्रमा युवक कुटपिटको भिडिओ ७ महिना पुरानो भएको प्रहरीको खुलासा

    काठमाडौं— रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ ।  २० देखि ४० सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् । अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा प्रहार गरिरहेको देखिन्छ ।उक्त घटना भएको भिडियो कम्तीमा सात–आठ महिना पुरानो भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।'सात–आठ महिना अघिको भिडियो अहिले पोष्ट भएको रहेछ'  उनले भने,  ।प्रहरीका अनुसार कुटपिटमा संलग्न

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 294 पटक पढिएको
  • नेविसंघद्वारा आरआरमा तोडफोड

    काठमाडौं— स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भइसकेको अवस्थामा नेपाली कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको छ ।सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले सोमबार आरआर क्याम्पसमा तोडफोड गरेको हो । उनीहरूले सर्वसम्मतको साटो निर्वाचन नै गर्नुपर्ने भन्दै तोडफोड गरेका हुन् ।तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छ। नेविसंघका कार्यकर्ताले प्रशासन कक्षमा रहेका ल्यापटप र कुर्सीसमेत फ्याँकिएको छ ।नेविसंघका कार्यकर्ताले ल्यापटप र कुर्सी माथिल्लो तलबाट झट्टी हानेर फ्याँकेका थिए । ती सामान माथिल्लो तलाको बरान्डाबाट भुइँमा फ्

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 269 पटक पढिएको
  • मन्त्री पौडेल भन्छन स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको दर्ता नविकरण रोक्ने बताएका छन् । सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएकाले सो कार्य रोक्ने बताएका हुन् ।सरकारी अस्पतालले बीमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । कार्यक्रम बापतको दाबी भुक्तानी  बीमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी मन्त्री पौडेलले दिए । उनले थपे, 'हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालू आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौं ।'सरकारले बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेक

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 505 पटक पढिएको
  • झापामा प्रहरीले चलायो दुई राउण्ड गोली,झोला छाडेर तस्कर फरार

    झापा – झापामा लागुऔषध तस्कर पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाएको छ। तर गोली चलाइए पनि ती व्यक्ति फरार भएका छन्।सोमबार बिहान करिब ८:४५ बजे झापाको कनकाई नगरपालिका–५ स्थित चाप्रामारी नजिकैको सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले सवारी चेकजाँच गरिरहेको थियो। त्यसक्रममा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा आएका एक व्यक्तिलाई रोक्न खोज्दा उनी आफ्नो झोला र मोटरसाइकल छाडेर भागेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार फरार व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। यद्यपि, ती व्यक्ति प्रहरीको निगरानीबाट उम्किन सफल भए। छाडिएको झोल

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 276 पटक पढिएको
  • अब कानून र व्यवस्था फर्किन्छ! – ट्रम्पले दिए अल्काट्राज पुनः खोल्ने आदेश

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक अल्काट्राज जेल पुनः खोल्ने र यसको विस्तार गर्ने घोषणा गरेका छन्। उनले आइतबार आफ्नो ट्रुथआउट सामाजिक सञ्जालमार्फत लेख्दै भने, "अमेरिका लामो समयदेखि क्रूर, हिंस्रक र बारम्बार अपराध गर्ने व्यक्तिहरूको समस्या भोगिरहेको छ।"ट्रम्पले न्याय विभाग, एफबीआई, होमल्याण्ड सेक्युरिटी र कारागार ब्यूरोलाई अल्काट्राजसहित केही जेलहरू पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनका अनुसार, अल्काट्राज फेरि खोल्नु कानून, सुरक्षा र न्यायको प्रतीक हुनेछ।समुद्रको बीच टापुमा रहेको अल्काट्राज जेललाई विश्वकै सबैभन्दा कडा सुरक्षायुक्त र खतरनाक जेलमध्ये एक मानिन्छ। यो जेल 1

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 428 पटक पढिएको
  • ललितपुरमा कार अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते

    काठमाडौं— ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किएर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल वि.क र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् ।घाइतेहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार विशालको अवस्था गम्भीर रहेकोमा आईसीयूमा उपचार भइरहेको छ ।ललितपुर प्रहरीका अनुसार राति ११ बजेतिर ललितपुर महानगरपालिका–२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।  कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिम

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 259 पटक पढिएको
  • गाँजा सहित भारतिय नम्वरको एम्वुलेन्स पक्राउ

    काठमाण्डौ । सुनसरीको रामधुनी नगरपालिका -६ स्थित लागूऔषध गाँजा बोकेको भारतिय नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।वैशाख २० गते राती ९ बजे भारतिय नम्वरको एम्वुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा रामधुनी-६ पिडारी स्थितबाट BR38P5414 नम्वरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसंगै एम्वुलेन्स चालक बराहक्षेत्र नगरपालिका

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 315 पटक पढिएको
  • नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरी

    काठमाण्डौ  ।  नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरी भएको छ । काजु’ (Kazu) नामक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी २० लाख माथि नागरिकका संवेदनशील डेटा हात पारेको हो ।डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा राख्‍दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेका उक्त संवेदनशील डेटाहरू बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको उक्त संवेदनशील डेटाको मूल्‍य काजु समूहले ७ हजार अमेरिकी डलर तोकिदिएका छन् ।ह्‍याकरले चोरी गरेर बेच्न राखिएको शीर्षकमा भनिएको छ, ‘ [2M+ Citizens] Nepal Police Central Website Breach (nepalpolice

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 321 पटक पढिएको
  • आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु २५, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 425 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.