समाचार

    Showing 14,561-14,570 of 26,701 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 257 पटक पढिएको
  • जनपथ प्रहरी तर्फका सात डीआईजीको सरूवा

    काठमाण्डौ । सातै प्रदेशका प्रहरी नायब महानिरीक्षकको आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सातै डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ। उमा प्रसाद चतुर्बेदीलाई मधेश प्रदेश, अरुण पौडेललाई बागमती प्रदेश, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश सरुवा गरिएको छ।राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी, डम्बर बहादुर बिकलाई सुदूरपश्चिम र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको छ। लुम्बिनी प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाइने बताइएको छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 341 पटक पढिएको
  • स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

    काठमाण्डौ ।  काठमाण्डौमा स्रोत नखुलेको ठूलो रकमसहित चारजना पक्राउ परेका छन।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी  एसपी अपीलराज बोहराका अनुसार, काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्। दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो।पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 384 पटक पढिएको
  • केआईआईटीमा अध्ययन गर्न जाने विद्यार्थीको एनओसी रोक्न सांसदहरूको माग

    काठमाडौ— भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्राहरूको शृङ्खलाबद्ध मृत्युप्रति राष्ट्रिय सभामा गम्भीर चासो व्यक्त गरिएको छ । आज बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले केआईआईटी अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिन सरकारलाई आग्रह गरेका हुन् ।सांसदहरूले किटमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपश्चात सरकारले स्पष्ट छानबिन र जवाफ नदिएको आरोप लगाउँदै सो विश्वविद्यालयका लागि एनओसी दिने प्रक्रिया तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 383 पटक पढिएको
  • नागढुङ्गा नौबिसे सडकः वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिदै

    काठमाडौं— नागढुङ्गा नौबिसे सडक खण्ड यही बैशाख २२ गतेदेखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने भएको छ । उक्त सडकखण्ड १० दिनका लागि राति बन्द गरिने भएको हो ।एक सूचना जारी गर्दै मुख्य मार्ग मानिने सडक राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने जानकारी दिए ।काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति न

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 507 पटक पढिएको
  • सिम्रौनगढका मेयरले नगद नपाएपछि अफिसर कुटे भन्ने समाचार बाहिरिए पछि यसो भन्छन् मेयर

    बारा - मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोल

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 513 पटक पढिएको
  • पूर्णरूपमा अवरुद्ध भयो कान्ति लोकपथ सडक

    काठमाडौं— हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ अविरल वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।डाइभर्सन बगाएपछि आइतबारबिहान ६ः०० बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए। 

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 240 पटक पढिएको
  • सभामुख घिमिरे भन्छन प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो छ

    काठमाडौं—  सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन्।विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा आज सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन।सभामुख घिमिरेले सन्देशमा भनेका छन, “नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु संसद्को पनि प्रमुख दायित्व हो ।”प्रेस स्वतन्त्रता भनेको केवल

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 343 पटक पढिएको
  • गतवर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

    काठमाडौं— पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् । महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड तथा दुव्र्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 201 पटक पढिएको
  • ‘बलियो नयाँ युगमा रिर्पोटिङ प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

     काठमाडौं— मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो अवसरमा नेपाल पत्रकार महासंघलगायत पत्रकार तथा पत्रकारितासंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो। जनताको सधैँ सबै प्रकारका सूचनामा

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 189 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.