समाचार

    Showing 14,571-14,580 of 26,701 items.
  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 282 पटक पढिएको
  • सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि धमाधम खुुल्न थाले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू

    काठमाडौं— शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय शुक्रबारदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरू भएको छ । विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार आजदेखि नियमित पठनपाठन सुरू भएको छ । उगले शनिबार र बिदाको दिन पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने र अवरूद्ध भएको शैक्षिक कार्यक्रमलाई गति दिने जानकारी दिए ।बिहीबार विश्व मजदुर दिवसको दिन पनि कक्षा ११ को पठनपाठन गरिएको उल्लेख गर्दै उनले आजदेखि भने कक्षा १ देखि १० स

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 439 पटक पढिएको
  • कलेज प्रवेशमा किन रोक लगायो आवासीय चिकित्सकहरुलाई ?

    काठमाडौं— नीजि मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफुहरू विरुद्धमा आन्दोलन गरेको भन्दै नीजि मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले नीजि मेडिकल कलेजहरूले प्रवेश नै नदिएको बताए ।त्यसरी आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाउनेहरूमा काठमाडौं मेडिकल कलेज (केएमसी), नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले प्रवेशमा रोक लगाएका हुन् । आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको उनको भनाइ छ ।&nb

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 321 पटक पढिएको
  • नेपाल प्रहरीका नवनियुक्त ७७ इन्स्पेक्टरको पदस्थापन

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त ७७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरिएको छ ।प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयानुसार ९६ जना इन्स्पेक्टरको पदस्थापन गरिएको हो ।उनीहरुलाई गृह मन्त्रालयले यही वैशाख ११ गते बैठकले १४ गतेदेखि लागू हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा नयाँ नियुक्ती दिएको थियो ।उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रचलित नियमानुसार तलब, भत्ता खान पाउनेगरी पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 245 पटक पढिएको
  • सडक आन्दोलनमा होमिएका सहकारीपीडितको रकम फिर्ता हुने

    काठमाडौं— सहकारीको ऋणमुक्त हुने आशामा चैत १७ गतेदेखि सडक आन्दोलनमा होमिएका बचतकर्ताको रकम फिर्ता हुने भएको छ । विगत लामो सयमदेखि ऋणमुक्त हुने आशामा रहेको बचतकर्ताहरुको बचत फिर्ता हुने भएको हो । सरकारले शुक्रबार संसदको संयुक्त सभामा बचतकर्ताको रकम फिर्ता हुने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कोष खडा गरिने घोषणा गरेका छन् ।सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने घोषणा पनि राष्ट्रपति पौडेलले गरे । सहकारी ऋण अशुली न्यायाधीकरण स्थापना गरिने घोषणा पनि उनले गरेका छन्

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 317 पटक पढिएको
  • प्रिशा शाह मृत्यु प्रकरणः ओडिसा प्रहरी के भन्छ ?

    काठमाडौं— नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वर प्रहरी कमिस्नर एस देवदत्त सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताएका छन् । कमिस्नर सिंहका अनुसार फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ । प्रहरीका अनुसार प्रिशा मृत्यु प्रकरणमा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले भारतस्थित नेपाली दूतावासलाई घटनाको बारेमा जानकारी गराएर अनुसन्धान सुरु गरेको थियो । प्रिशाको शव अ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 425 पटक पढिएको
  • प्रिसाको मृत्युबारे ’छानविनका लागि कूटनीतिक पहल थालिएको छ’ परराष्ट्रमन्त्री भन्छिन्,

    काठमाडौं— भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको निधनप्रति परराष्ट्रमन्त्री आर्जु राणाले दुःख व्यक्त गरेकी छन्।परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेकोसमेत उनले बताएकी छन् ।बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी साह मृत फेला परेकी हुन्।प्रिसा वीरगञ्जनिवासी हुन्। उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको त्यही अध्ययनरत अर्का एक नेपाली विद्यार्थीले ज

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 234 पटक पढिएको
  • आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाण्डौ  ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३५,

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 339 पटक पढिएको
  • विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    काठमाण्डौ  ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।उनले भने, 'पक्राउ पर्नेमध्ये सम्पूर्णले बेलायत पठाइदिने भन्दै ३५ लाख, सुजनले

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 166 पटक पढिएको
  • आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै

    काठमाण्डौ  ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ। नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रति

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 330 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.