समाचार

    Showing 14,631-14,640 of 26,701 items.
  • बजेट अधिवेशन आज १ः०० बजेदेखि आरम्भ हुँदै

    काठमाडौं— संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने छन् ।बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 332 पटक पढिएको
  • भूकम्प स्मृति दिवस आज मनाइँदै

    काठमाडौं— राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।  त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्था

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 354 पटक पढिएको
  • आज लोकतन्त्र दिवस, शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी मनाइँदै

    काठमाडौं— प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी मनाइँदैछ।तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको ०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ।त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ।’निरङ्क

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • 217 पटक पढिएको
  • कुलमान घिसिङलाई हटाउन नहुने अडानपछि ओलीले ऊर्जा राज्यमन्त्रीलाई गरे बर्खास्त

    काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो। कांग्रेस पार्टीले राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गरिए पनि नमानेपछि बर्खास्त गरिएको हो।तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनेका थिए। उनले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान लिँदै आएका थिए।

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 319 पटक पढिएको
  • प्रगतिशील प्राध्यापक सङ्गठनको अध्यक्षमा खतिवडा निर्वाचित

    काठमाडौं— नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा सह प्राडा पद्मप्रसाद खतिवडा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न संगठनको ११औं राष्ट्रिय सम्मेलनले खतिवडालाई अध्यक्षमा चयन गरेको हो।सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट चयन भएका भने उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र महिला उपाध्यक्षमा माया घिमिरे निर्वाचित भए। त्यस्तै, महासचिवमा सह प्राडा सुमन खरेल निर्वाचित हुँदा  उप–महासचिवहरुमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याल चयन भए। यसैगरी सचिवहरुमा कोशी प्

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 327 पटक पढिएको
  • डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

    काठमाडौं— डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो ।सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका— १ गोल्डेनमा बु  मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 259 पटक पढिएको
  • यूएईका विदेशमन्त्री नेपालको दुईदिने औपचारिक भ्रमणमा

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझदेखि काठमाडौंमा छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे।परराष्ट्र मन्त्रालयका अनुसार उनीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।मन्त्री नाह्यानका साथ युएईका प

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 274 पटक पढिएको
  • कक्षा १२ को परीक्षा मिति सार्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं—  कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएको सचिवालय स्रोतले जानकारी गराएको छ । कक्षा १२ को परीक्षा मिति बिहीबारदेखि तय भएको थियो । “शिक्षा मन्त्री नभएको हुनाले प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभएको हो । उहाँले परीक्षा केही दिन पछि सार्न भन्नुभएको छ,” प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,“प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभयो । उहाँहरुले थप निर्णय गर्नुहोला ।”

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 420 पटक पढिएको
  • बाबुआमाको लछारपछारले शिशुको मृत्यु

    काठमाडौं— नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीप

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 400 पटक पढिएको
  • मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई २१ करोड ७८ लाख मुआब्जा वितरण

    काठमाडौं— जिल्लाको आँबुखैरेनी गाउँपालिका( ४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ ।केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो ।जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रुपैयाँ रकम प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिए । उनका अनुसार जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ रुपैयाँ र घर टहराका लागि तीन करोड ९० लाख ९९ हजार ३१५ रुपैयाँ वितरण गरिएको छ ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.