समाचार

    Showing 14,661-14,670 of 26,701 items.
  • दर्ता नगरेका कारण कर्णालीमा ५ हजारभन्दा बढी उद्योग खारेज

    काठमाडौं— कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए ।खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् ।कालिकोटमा चार सय ७८, जुम्लामा पाँच सय ८७, मुगुमा २१, सल्यानमा पाँच सय दुई, जाजरकोटमा चार सय २७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुमप

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 196 पटक पढिएको
  • सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु, १० जना पक्राउ

    काठमाडौं— डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ ।बडिकेदार गाउँपालिका—१ को बर्छैन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर गोली लाग्दा सोही गाउँपालिका—२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।बडिकेदार गाउँपालिका—१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किंदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले जानकारी दिए ।दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 227 पटक पढिएको
  • घुस दिँदादिँदै पक्राउ परेका अधिकृत सापकोटा दोषी ठहर

    काठमाडौं— विशेष अदालतले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशत्रय रामबहादुर थापा, मुरारीबाबू श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सापकोटालाई दोषी ठहर गर्दै २ महिना १५ दिन कैद र ५० हजार बिगो जरिवानाको सजाय कायम गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ पुस २५ मा सापकोटा जिल्ला नुवाकोट, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहँदा विशेषमा अभियोग पत्र दायर गरेको थियो । मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 174 पटक पढिएको
  • अवैध लागु औषधसहित ५ जना पक्राउ

    काठमाडौं— अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई प पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन  र ओसार पसारमा संलग्न  जीवन ठोकर रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी  ४

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 220 पटक पढिएको
  • छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

    काठमाडौं— हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ ।उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए ।नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 310 पटक पढिएको
  • गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

    काठमाडौं— कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको प्रहरीको भनाइ छ। उनको अवस्था खतरामुक्त भएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 377 पटक पढिएको
  • थुनामा रहेका भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश

    काठमाडौं— चारजना भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश हरिप्रसाद फुयालको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्न आदेश दिएको  छ।अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका उनीहरू हाल झापामा थुनामा छन्। थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।उनीहरुलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 268 पटक पढिएको
  • एआइजीमा बढुवाका लागि ६ जना सिफारिस, कोको परे?

    काठमाडौं— ६ जन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।आज बसेको गृह मन्त्रालयको बढुवा सिफारिस समितिले ६ जनालाई एआइजीमा बढुवा सिफारिस गरेको समितिका सदस्यसचिव, प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए।उनका अनुसार बढुवा सिफारिस हुनेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 301 पटक पढिएको
  • हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

    काठमाडौं— पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरेको छ।महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए।गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए। महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो। 

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 415 पटक पढिएको
  • समाजवादी प्रेस संगठनले आज मौन प्रदर्शन गर्ने

    काठमाडौं— समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा बिहीबार मौन प्रदर्शन गर्ने भएको छ  । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन गर्न लागेको महासचिव रोहित दाहालले जानकारी दिए ।पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव दाहालको भनाइ छ । राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चै

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 259 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.