समाचार

    Showing 14,681-14,690 of 26,701 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको भइ रहेको छ।दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि म

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 273 पटक पढिएको
  • गाउँपालिकाका कर्मचारी सवार गाडीको ब्रेक फेल भई दुर्घटना हुँदा ११ जना घाइते

    काठमाडौं— बागलुङमा पिकअप जिपको ब्रेक फेल भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिपको ब्रेक फेल भई दुर्घटना भएको हो ।तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको पिकअप जिपको उकालोमा ब्रेक फेल भई दुर्घटनामा भएको जनाइएको छ । दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला ग

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 253 पटक पढिएको
  • नेपाल प्रहरीका ६१ सई इन्स्पेक्टरमा बढुवा

    काठमाडौं— नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भएका छन्।  आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईहरूलाई इन्स्पेक्टर पदमा बढुवा गर्न सिफारिस गरेको हो।इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत  वरिष्ठ सई सुदिप थापा छन्।यस्तो दोस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बरेङडाडा बागलुका रवी घिमिरे छन् भने तेस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बाफिकोट पश्चिम रुकुमका फणिन्द्र क्षेत्री छन्।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 463 पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन् समृद्धिको बाटोमा बाधक बन्ने बेथितिको अन्त्य होस्

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् ।नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । ‘आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु’, उनले भनेका छन् ।शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 342 पटक पढिएको
  • विकास निर्माणमा सरकारको उदासीनताः चैत मसान्तसम्म २९ प्रतिशत मात्रै

    काठमाडौं— चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ ।महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ बराबर मात्रै छ । पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो ।विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 225 पटक पढिएको
  • वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएका न्यायाधीश कारागारबाट छुटे

    काठमाडौं— वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनले उनलाई आइतबार वैवाहिक बलात्कार कसुरमा सफाइ दिएको थियो । न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले उनलाई सफाइ दिएका हुन् । यसअघि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले २०८१ जेठमा उनलाइ दोषी ठहर गरेको थियो । पत्नीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि न्याय परिषद्ले उनलाई निलम्बन गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 226 पटक पढिएको
  • ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा

     काठमाडौं— पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुट्ने समूहलाई प्रहरीले डाँकाचोरी मुद्दामा अनुसन्धान थालेको छ । चैत २७ मा एउटा समूहले काठमाडौं–३२  स्थित मनहरा टाउन प्लानिङमा काठमाडौंको बौद्ध घर भएका ४२ वर्षीय रितेश लामालाई लुटपाट गरेका थियो । लुटमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी  दिए । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रो (पेप्सीकोला नजिकै) घर भएर तार्केश्वर बस्ने २३ वर्षीय राज पराजुली, रामेछापको खाँडादेवी–४ घर भएका २३ वर्षीय प्रभास केसी, खाँडादेवी–८ घर भएर गोठाटार बस्ने २० वर्षीय राजेश भण्डारी, खाँडादेवी–४

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 369 पटक पढिएको
  • बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु

    काठमाडौं— भक्तपुरको बिस्का जात्रामा भैलखः अर्थात् रथले किचेर एक जना मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३७ वर्षीय सुशील तमखु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बिस्का जात्राको चौथौ दिन आइतबार रथ बिग्रिएपछि मर्मत गरेर गहिटी टोलबाट योसिंखेलसम्म लैजाने क्रममा रथले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए। मृतक तमखु भक्तपुर वडा नं ४ स्थित लाकोलाछेंका स्थानीय भएको र हाल सूर्यविनायक नगरपालिकास्थित सिपाडोलमा बस्दै आएको प्रहरीको भनाइ छ।जात्राको चौथौ दिन ५५ हात लामो योसिद्यो उभ्याएर जात्रा गरिन्छ। 

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 209 पटक पढिएको
  • आजदेखि नयाँ वर्ष २०८२, देशभर शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

    काठमाण्डौ  । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ।विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 344 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९९ रुपैय

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 393 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.