समाचार

    Showing 14,691-14,700 of 24,895 items.
  • बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ ।न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कनरअभिलेख आयोजना बार एकाइबाट झिकाउनु ।’ अदालतको अवहेलनामा यसअघि लिखित जवाफ माग गर्ने आदेश गरेको थियो । अदालतको अवहेलनामा हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी दर्ता गरेका थिए ।सोही प्रतिवेदनक

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 328 पटक पढिएको
  • पर्यटकीयस्थल घोडेपानीमा हिमपात

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो ।  घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए ।‘दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,’ उनले भने, ‘ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।’ हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भए

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 253 पटक पढिएको
  • तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  साथै उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन् ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 207 पटक पढिएको
  • नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ । लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह दुई दश

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 326 पटक पढिएको
  • दुहबीको नमुना विद्यालयमा बेथितिको आशंका

    दुहबी । सुनसरीको दुहबी नगरपालिकामा रहेको एक मात्र नमुना विद्यालयमा बेथिति भएको आशंका गरिएकोछ ।दुहबी ५ स्थित रहेको श्रीसरस्वती माबीमा प्रधान अध्यापकको मनमानीले गर्दा विद्यालयको आर्थिक कारोबारमा गडबडी देखिएको छ । बिद्यालयले २२ वटा सटर भाडाको रकम देखि विद्यार्थीहरु पठन पाठ्न सम्ममा मनोमानि गरेको पाइएको छ ।दुहबीको स्थानीय तथा अभिभावकहरूको ब्यापक जन गुनासो बढ्दै गएपछि दुहबीका संचारकर्मीको टोलिले गत साउनमा बिद्यालयका प्रधानअध्यापक तेज प्रसाद  तिम्सिनासँग आर्थिक तथा भौतिक गतिविधिको सुचना मागेको थियो । सोही सूचनाबाट उल्लेखित बेथितिहरुको खुलासा भएको हो ।बिद्यालयको भवनमा रहेको २२ वटा सटर भाडाको प्र

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 261 पटक पढिएको
  • छाला उद्योगले गरेको सार्वजनिक सुनुवाइ स्थानीयले बिथोलिदिए

    अकबर अलि, सुनसरी । सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टैनरिज छाला उद्योगले प्रारम्भिक वातावरणिय परिक्षण मुल्यांकन (आइइइ) पास गर्न आयोजित सार्वजनिक सुनुवाइ विरुद्ध स्थानीयहरुले बिरोध प्रदर्शन गर्दै कार्यक्रमनै बिथोलिदिएका छन् ।सार्वजनिक सुनुवाइमा उद्योग प्रशासनले एकतर्फी सुनुवाइ गरेको भन्दै स्थानीयहरुले नाराबाजी सहितको बिरोध प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयहरूले सार्वजनिक सुनुवाइ गर्न बनेको माइन्युट समेत च्यातेका थिए । उक्त उद्योगले अत्याधिक दुर्गन्ध र प्रदुषण गरेको भन्दै स्थानीयहरु उद्योग संचालन भएदेखि निरन्तर आन्दोलनमा छन् । सुनसरीको दुहबीमा सञ्चालित युनाइडेट टेनरिज छ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 214 पटक पढिएको
  • भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    सोलुखुम्बु । आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसके

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 284 पटक पढिएको
  • अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् ।युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको नेतृत्व सरकार गठन भएपछि खेलाडी एवं प्रशिक्षकलाई प्रदान गरिने  पुरस्कारमा करकट्टीको व्यवस्था खारेज भएको छ ।गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थाप

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 326 पटक पढिएको
  • जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

    नवलपुर (नवलपरासी) । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझैं चराको प्रजाति र सङ्ख्या नभेटिएको बताए । ‘अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए’, उनले भने, ‘यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।’ साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उनको भनाइ छ ।विगतमा गणना गरिएको जुरे हुटिट्याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उनले जानकारी दिए । ‘चखेवा र खोया हाँसको

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 160 पटक पढिएको
  • अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

    बागमती । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिए ।‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ’, प्रवक्ता ठाकुरले भने, ‘टोलीले अध्ययन गरेर अह

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 316 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.