समाचार

    Showing 14,721-14,730 of 26,701 items.
  • शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीरः देउवा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताए । नेपाल शिक्षक सङ्घका प्रदेश अध्यक्षहरूसँगको छलफलमा बिहीबार सभापति देउवाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताए। शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको समेत सो अवसरमा देउवाले बताए।कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस शिक्षकको साथमा रहेको बताए। शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधारमानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ताको पहल थाल्नुपर्ने सो अ

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 523 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी

    काठमाडौं— राजावादीको प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ। विहीबार पक्राउ परेका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । गत चैत १५ गते प्रदर्शन पछि प्रसाईं फरार भएका थिए। उनलाई शुक्रबार (आज) भद्रपुरबाट काठमाडौं ल्याइने तयारी छ। प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। नेपाल आइपुगेका प्रसाईँलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। प्रसाईँ नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो। यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्याप

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 397 पटक पढिएको
  • महानगरप्रमुखको निर्देशनः पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नु

    काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।आज पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिएका हुन् । उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिएका थिए।भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरान

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 446 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन , चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।तराई क्षेत्रम

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 364 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले नेपालको सीमासम्म ल्यायो,ज्यानको सुरक्षाको अपिल

    काठमाण्डौ  ।  दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्‍याएको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले बताएको छ।भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको समितिले जनाएको छ।समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले केहीबेरअघि विज्ञप्ति जारी गरी प्रसाईँको पक्राउ वा आत्मसमर्पण नभई स्थानीय प्रहरीसमक्ष ज्यानको सुरक्षाका लागि गएको दाबी गरेका छन्।नेपालले भनेका छन कि ‘क्यान्सरको बिरामी र अदालतको तारिखमा समेत रहेको हुँदा

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 609 पटक पढिएको
  • दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण, नेपाल ल्याइदै

    काठमाण्डौ  । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं  राजधानीको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेका  प्रसाईं पक्राउ परेका छन् । आज (बिहिबार) बेलुका भारतको आसाम राज्यको गुहाटीमा दुर्गा प्रसाईले  भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन। उनलाई आजै नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भारतिय प्रहरिको छ । आफ्नो ज्यानको सुरक्षाका लागि भारत स्थिति आसाम प्रहरी कहाँ पुगेका दुर्गा प्रसाईलाई आजै कोशि प्रदेशको काकरभिट्टा प्रहरीलाई बुझाउने र प्रसाईलाई नेपाल प्रहरीको विशेष टोलीले आजै काठमाडौँ ल्याउन

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 1,562 पटक पढिएको
  • सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–४ शान्तपुर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए । सामाजिक सञ्जालमार्फत् प्रेम सम्बन्धमा रहेका पीडित महिलाले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीकाको साथीले दुरुपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरु प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी पीडितलाई मानसिक तना

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 453 पटक पढिएको
  • नेपाल बार: नयाँ नेतृत्वको सबै पदमा मिश्रको प्यालन निर्वाचित

    काठमाडौं— नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्रको प्यानल निर्वािचत भएको छ । पाँचहजार ५२ मत ल्याएर मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुईहजार ६२१ मत पाए । मिश्रले श्रेष्ठलाई दुईहजार ४३१ मतान्तरले हराएका हुन् ।अध्यक्षमै उमेदवारी दिएका राजु कैतीले ४८, उज्वल घिमिरेले ४५ र आशिष पौडेलले ५४ मत ल्याए ।यसैगरी, उपाध्यक्षमा पनि महिलासहित सबै प्रदेशबाट मिश्रकै प्यालन निर्वाचित भएको छ । उपाध्यक्ष कोसी प्रदेशमा पदमप्रसाद लिम्बुले पाँचहजार २०० मत पाएर निर्वाचित भए । उनीसँग पराजित भएका कर्णबहादुर राईले दुईहजार ११६

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 425 पटक पढिएको
  • वैशाख १ गतेदेखि सदर चिडियाखाना बेलुकी ८ बजेसम्म सञ्चालन हुने

    काठमाडौ— जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ।चिडियाखानाद्वारा आज यहाँ आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुकी ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।उनले भने, “त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ।”चिडियाखाना हाल विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरेको छ।चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका सा

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 512 पटक पढिएको
  • नौ दिनपछि कार्यालय गए मेयर बालेन

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नौ दिनपछि बिहीबार कार्यालय पुगेका छन् । मेयर बालेन आज एकछिन कार्यालय आएर निस्किएको महानगर स्रोतले जनाएको छ ।“आज एकछिन कार्यालय आउनुभएको थियो, फेरि निस्किनुभयो,” महानगर स्रोतले भन्यो ।बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने मेयर बालेन कार्यालयमै रहेको दाबी गरे । “मेयर कार्यालय नआएर कहाँ जाने? अहिले पनि मेयर साब कार्यालयमै हुनुहुन्छ,” उनले भने ।प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । गत हप्ताको बिहीबार गुरागाईं कार्यालयमा हाजिर भएका थिए । महानगर प्रहरी बलको अवरोधका बाबजुद उनल

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.