समाचार

    Showing 14,741-14,750 of 24,897 items.
  • वाल गायक सचिनको अन्तिम बिदाई

    काठमाण्डू :हजुरबुवाले दागबत्ती दिएका सचिन परियारको विद्युतीय शवदाहमा अन्तिम संस्कार गरिएको छ ।बिहीवार निधन भएका बाल गायक सचिनको आफन्तको पर्खाइमा आज मात्र पशुपतिमा दाहसंस्कार भएको छ । छोराको निधनपछि तेजेन्द्रले उनको आँखा दान गर्न खोजेका थिए तर स्वास्थ्यकर्मीले रिपोर्ट हेर्दा सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्षपछि आँखा दान गर्ने चाहना अधुरो रहेको छ ।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 150 पटक पढिएको
  • भद्रपुरका निश्चलको भक्तपुरमा भएको सवारी दुर्घटनामा निधन

    भद्रपुर :झापाको भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ ।भद्रपुर– ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी समेत रहेका चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए ।पूजाको उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए । दुवै जना बिहीबार रातिको अस्ट्रेलिया उड्ने योजन

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 306 पटक पढिएको
  • सचिन परियारको आँखा दान गर्ने बाबुको इच्छा अपूरो

    काठमाण्डू :सचिन परियारको दाहसंस्कार अघि, उनका बाबु तेजेन्द्र परियारले छोराको आँखा दान गर्ने इच्छा व्यक्त गरेका थिए। उनले चाहेका थिए कि उनका छोराको आँखाले अरूले संसार देख्न पाऊन्।तर, यो चाहना पूरा हुन सकेन। स्वास्थ्यकर्मीहरूले सचिनको आँखा दानको प्रक्रिया अघि बढाउन उनका स्वास्थ्य रिपोर्टहरू अध्ययन गरे। सो अध्ययनपछि, सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र उनका आँखा स्वस्थ नभएको पत्ता लाग्यो, जसका कारण आँखा दानको प्रक्रिया रोकिएको थियो।

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 388 पटक पढिएको
  • जीप दुर्घटनाहुदा चार जनाको मृत्यु

    बझाङ : जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए। प्रहरिका अनुसार ३ जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृत्यु हुनेमा जीप चालक केदार स्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको छ भने धामीकै नातिनी छ वर्षीया बालिका आकृ

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 282 पटक पढिएको
  • नेपाल प्रहरीका पाँच जना डीआईजीमा बढुवा सिफारिस

    काठमाण्डौ  ।   नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।  बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजीमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा हुनेमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोबिन्द थपलिया रहेका छन् ।  डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 202 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 180 पटक पढिएको
  • नेपालको पहिलो महिला राजदूत शाह रहिनन

     काठमाण्डू :नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विन्देश्वरी रास्वपाका नेता तथा पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन्  ।शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन्। नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भइसकेकी थिइन्।सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन्। विन्देश्वरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहकी बुहारी हुन् ।

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 294 पटक पढिएको
  • कोशीमा संकटग्रस्त सहकारी व्यवस्थापनका लागि समिति

    विराटनगर :प्रदेश सरकार मातहत रहेका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले समिति गठन गर्ने भएको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले समितिको काम कर्तव्य र अधिकार पनि टुंगो लगाएको छ ।प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितसहित १० वटा निर्णय गरेको जानकारी दिए ।मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।कोशी प्रदेश वन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 296 पटक पढिएको
  • हात्तीको आक्रमणमा महिलाको मृत्यु

    भद्रपुर :कक्नकवल ०७ दिपज्योति वन क्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न जाने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले झण्डै १५० मिटर बाहिर खेतको बाटोमा आक्रमण गरेको थियो। उक्त घटनामा अन्दाजी ३५ वर्षकी केलाबत्ती राजवंशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको बायाँ हातमा चोट र दाहिने खुट्टा भाँचिएको थियो ।घटनापछि उनलाई तत्काल उपचारका लागि साई पाथिभारा अस्पताल, भद्रपुर लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 287 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 281 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.