समाचार

    Showing 14,791-14,800 of 26,701 items.
  • कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन

    गलकोट (बागलुङ) । चैतेदसैँैैको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चैतेदसँैको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन रु ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।चैतेदसैँमा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 382 पटक पढिएको
  • दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

    देउखुरी (दाङ) । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् ।‘खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ’, उनले

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 395 पटक पढिएको
  • माछापालनमा लाग्न किसानलाई प्रेरित गर्दै मत्स्यविकास केन्द्र

    बागमती । कुलेखानीस्थित मत्स्यविकास केन्द्रले माछापालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्ष्यित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्रले माछापालनसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । मत्स्य केन्द्रका प्रमुख मनिता पौडेललका अनुसार हालै कालिका मावि फाखेलमा आयोजना गरिएको स्कूल शिक्षा कार्यक्रममा २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, मुलुकमा मत्स्यपालनको अव

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 281 पटक पढिएको
  • श्रम शोषणविद्ध चिकित्सकहरू प्रदर्शनमा

    काठमाडौं— आफूहरूमाथि श्रम शोषण भएको भन्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्। माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिकरण रहेकोलगायत विभिन्न मागसहित दबाव दिएका छन्।मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा १९ हजार ५०० मात्र पाएको भन्दै चिकित्सकहरू श्रम शोषणविद्ध प्रदर्शन उनीहरूले प्रदर्शन गरेका छन्। 

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 490 पटक पढिएको
  • ३५ एम्बुलेन्स खरिद प्रकरण : बालेन र स्वकीय सचिव विरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं— एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) लगायतले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मेयर बालेनको प्रत्यक्ष निर्देशनमा भएको भनिएको एम्बुलेन्स खरिदमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो । उजुरीमा बालेनसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरुमाथि कारबाही माग गरिएको छ।सी–०४०५६९ दर्ता नम्बर भएको उक्त उजुरीपत्रमा भनिएको छ, ‘बालेन शाहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम ल्याइयो । सो योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 337 पटक पढिएको
  • काठमाडौंमा कुलमान घिसिङको पक्षमा प्रदर्शन

    काठमाडौं— कुलमान घिसिङका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आईतबार काठमाडौंको माईतीघर मण्डलामा कुलमानका पक्षधरहरुले प्रदर्शन गरेका हुन् । कुलमानका समर्थकहरुले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।सरकारले गत चैत ११ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 344 पटक पढिएको
  • चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु

    ताप्लेजुङ । करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ ।सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाडौँबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ ।लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् । यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले प

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 248 पटक पढिएको
  • सात समूहलाई सगरमाथा आरोहणको अनुमति

    काठमाडौँ । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए ।विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आर

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 265 पटक पढिएको
  • सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु

    पर्वत । कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भएको छ । सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनःसुरु भएको हो । गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको इजलासले उक्त रिट खारेज गरेको थियो । सर्वोच्च अदालतमा म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र तनहुँ भएर बग्ने कालीगण्डकी नदी प्रवाहित क्षेत्रमा विभिन्न स्थानीय तहमा नदीजन्य पदार्थको अवैध चोरी निकासी भएको र नदी दोहन भएको भनी रिट परेको थियो । उक्त रि

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 252 पटक पढिएको
  • बार निर्वाचनः मतगणना सोमबारदेखि

    काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाडौँ आइपुग्ने छ भने सोमबारदेखि मतगणना सुरु गरिनेछ ।बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक,

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.