समाचार

    Showing 14,841-14,850 of 26,701 items.
  • सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

    काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रु छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०÷८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो ।कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 286 पटक पढिएको
  • मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ

    मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा  श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 432 पटक पढिएको
  • रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

    तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउँछिन् । त्यसबाट उनी दैनिक करिब रु एक हजार ७०० कमाउँछिन् । यही कमाईबाट उनी दैनिक गुजारा चलाउँछिन् । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाएकी छन् ।कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गर्थिन् । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उनी बताउँछिन् । सहकारीको जागिर छाडेर

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 481 पटक पढिएको
  • रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो ।रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 269 पटक पढिएको
  • म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक

    म्याग्दी । यहाँ नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासङ्घका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहीबारदेखि विद्यालयमा पुस्तक पठाउन थालेको जानकारी दिए । ‘म्याग्दीका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने १५ हजार सेट पुस्तक ल्याएर दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गर्न थालेका छौँ,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रमा भर्नासँगै विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने व्यवस्था मिलाइएको छ ।’म्याग्दीक

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 284 पटक पढिएको
  • कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरू...

    वीरगञ्ज (पर्सा) । वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरूको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरू सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् । सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरू काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि ? भनेर दौडिएर झुम्मिने गर्छन् । यो दृश्य घण्टाघर चोकमा वर्षाैंदेखि जारी छ । अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका रामबा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 226 पटक पढिएको
  • युवालाई दमाहा बजाउने कला सिकाइँदै

    कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरूलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।‘सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,’ नगर प्रमुख पदम बोगटीले भने, ‘दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौँ ।’ परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँको जोड रहेको छ । दमाहा बाजा बज

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 319 पटक पढिएको
  • तीन वर्षमा डेढ सय होटल बन्द

    राँझा (बाँके) । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा सङ्कटमा पर्दै गएको छ । मध्यमस्तरका होटल बन्द हुँदा त्यहाँ कार्यरत सयौँ नागरिकले रोजगारी गुमाएको नेपालगञ्जका होटल व्यवसायी भीम कँडेलले बताए ।उनका अनुसार कोभिड–१९ महामारी अन्त्यपछि होटल व्यवसाय तङ्ग्रिने आशा गरिए पनि नेपालगञ्जमा मध्यमस्तरका डेढ सय होटल बन्द भएका छन्भने तारेस्तरका होटल पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । ‘नेपालगञ्ज पश्चिम नेपालको तीन प्रदेशको केन्द्र हो, कुनै बेला होटल क्षेत्रमा उ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 411 पटक पढिएको
  • अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ । अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ को दफा ९ बमोजिम सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका कागजात तथा प्रमाण संलग्न गरी संस्कृति महाशाखामा आवेदन दिन आह्वान गरिएको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए । सम्पदा सूचीकरणका लागि वैशाख मसान्तभित्र आवेदन पेस गरिसक्नुपर्ने उनले सुनाए ।आवेदनसाथ कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा आवेदनका साथ सम्पदाको पूर्ण विवरण, सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समू

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 368 पटक पढिएको
  • भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्णः प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् ।थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् ।‘हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ’, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।’

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 298 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.