समाचार

    Showing 14,901-14,910 of 26,701 items.
  • नेप्से परिसूचक २३ अङ्कले बढ्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्म

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 425 पटक पढिएको
  • नेपाल प्रहरी श्रीमती संघद्वारा अग्नि पिडित परिवारहरुलाई राहत वितरण

     काठमाडौं— नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सुनसरीको हरिनगर गाउँपालिका–५ स्थितका १२ घर अग्नि पिडित परिवारहरुलाई राहत वितरण गरेको छ ।संघले सोमबार १२ घर अग्नि पिडित घर परिवारका सदस्यहरुलाई ओढ्ने ब्लाङ्केट, म्याट, त्रिपाल, चामल, दाललगायत खाद्यान्नका सामग्री वितरण गरेको हो ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती सुस्मिता के.सी., जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीको विशेष आतिथ्यतामा राहत सामग्री वितरण गरिएको

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 267 पटक पढिएको
  • दुर्व्यसन विरुद्दको अभियान : दोस्रो समुहको कार्यक्रम समापन

    काठमाडौं— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम(Fight Against Narcotics Instructor Training) दोस्रो समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै उनले लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्रदान गरिएको  बताए ।तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ (FAN) मा रहने प्रहरी कर्मचारी

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 306 पटक पढिएको
  • नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए। सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका हुन् ।दुवै देशका प्रधानमन्त्रीको समुपस्थित

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 245 पटक पढिएको
  • नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

    काठमाडौँ । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ  र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैँककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी  भएको यहाँस्थित नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाहरुका बीचमा समझदारी भएको जनाइएको छ  । उक्त सम्झौतापत्रम

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 251 पटक पढिएको
  • नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

    थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरेकी थिइन् । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका हुन् ।त्यस्तै नेपाल उद्योग वाणिज

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 254 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।  मङ्गलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा रु छ सय घटेर रु एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै आज चाँदी प्रतितोला रु दुई हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 571 पटक पढिएको
  • मार्चमा १ लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौँ । सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थए । यो महिना सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका छन् ।चीनबाट ११ हजार चार सय ४३ पर्यटक आएका छन् । अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका छन् ।श्रीलङ्काबाट आठ हजार आठ सय ८६ पर्यटक नेपाल आएका छन् । बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्च

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 311 पटक पढिएको
  • यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १२, काउली (स्थानीय)

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 355 पटक पढिएको
  • आज विश्व ‘अटिजम’ जागरुकता दिवस

    काठमाडौँ । विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले बताएका छन् । यो दिवसका अवसरमा जारी गर्नुभएको मन्तव्यमा उहाँले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा उनले जोड दिएका

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 413 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.