समाचार

    Showing 14,921-14,930 of 26,701 items.
  • एमाले कार्यवाहक अध्यक्षको जिम्मा ईश्वर पोखरेललाई

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक गएपछी वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।पार्टी अध्यक्ष ओलीले एमालेको विधान २०४९ को (संशोधन २०७८) को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 433 पटक पढिएको
  • सांसद गिरी भन्छन नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक छ

    काठमाडौं— नेपाली काँग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले यस्तो बताएका हुन् । उनले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए। नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भएपनि चलखेल गरिएको उनको आरोप छ ।उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 327 पटक पढिएको
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चापागाई नियुक्त

    काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चुडामणि चापागाई नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् ।नेप्सेको सीइओ छनौटमा चुडामणि चापागाईंसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए । यसअघि नेप्सेको सीईओमा लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन ।अर्थमन्त्रालय स्रोतका अनुसार चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले न

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 350 पटक पढिएको
  • युएईमा एक सय ६६ जना नेपालीलाई आम माफी

    काठमाडौं— सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ ।अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 360 पटक पढिएको
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न नेपालको संविधानबमोजिम सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज मंगलबार थाइल्यान्ड प्रस्थान गरेका छन् । 

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 312 पटक पढिएको
  • तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको आजै अन्त्येष्टि गरिने

    काठमाडौं— राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पोस्टमार्टम सकिएसँगै उनको आजै आफन्तले अन्तिम संस्कारको तयारी गरेको प्रहरीको भनाइ छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी २९ सविन महर्जन वर्षीय प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएके थियो। तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागेसँगै महर्जनलाई उपचारका क्रममा मृत्यु भएको हस्पिटलले जनाएको छ ।तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समे

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 339 पटक पढिएको
  • ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन  उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान गरेका हुन्।प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।औपचारिक भ्रमणका क्रममा बुधबार प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। द्विपक्षीय वार्तापछि

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 311 पटक पढिएको
  • नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौंमा आन्दोलन गर्ने

    काठमाडौं— आन्दोलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन थालिएको बताए। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए। आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनको भनाइ थियो । काठमाडौं आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले बताए । 

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 480 पटक पढिएको
  • वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि रु चार अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिए ।समितिका अनुसार सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए ।&nbs

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 307 पटक पढिएको
  • जरीवाना तिर्न राजावादीले उठाए आठ लाख ३० हजार, पत्र सच्चाए जरिवाना तिर्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना रकम तिर्न राजावादीले आठ लाख ३० हजार रुपैयाँ संकलन गरेका छन् । मंगलबार मध्याह्नसम्म आठ लाख ३० हजार रुपैयाँ संकलन भइसकेको अभियानमा संलग्न रमेशराज बास्तोलाले जानकारी दिए ।महानगरलाई तिर्नुपर्ने जरिवाना रकम संकलन भइसकेकाले अभियान रोकिसकेको बास्तोलाले बताए । महानगरले पत्र सच्चाएर दुर्गा प्रसाईं र नवराज सुवेदीको नाममा पत्र काटेमात्रै जरिवाना रकम तिर्ने बास्तोलाले जानकारी दिए ।राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार एक विज्ञप्तिमार्फत महानगरले पूर्वराजा शाहलाई लगाएको

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 340 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.