समाचार

    Showing 14,941-14,950 of 24,900 items.
  • दमकमा फायर मोटरसाईकल सेवा संचालन

    झापा   ।   दमक नगरपालिकामा नयाँ फायर मोटरसाइकल सेवाझापाको दमक नगरपालिकाले आधुनिक र छिटो आपतकालीन सेवा प्रदान गर्न नयाँ फायर मोटरसाइकल सेवा सुरु गरेको छ। यो सेवा विशेष गरी साँघुरा गल्लीहरू र दुर्गम स्थानहरूमा पुग्न डिजाइन गरिएको हो, जहाँ ठूला दमकल पुग्न कठिन हुन्छ।

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 388 पटक पढिएको
  • चितुवा पासोमा परेपछि हेर्न आउनेको भिड़

    तिनसुकिया (असम)  ।    तिनसुकिया जिल्लाको मार्घेरिटामा आतंक मच्चाइरहेको  चितुवालाई वन विभागका कर्मचारी द्वारा समातिएपछि स्थानीय मानिसहरूले राहत महसूस गरेका छन्। वन विभागले आइतवार जानकारी दिदै स्थानीय मानिसहरूबाट उजुरी प्राप्त भएपछि चितुवालाई समात्नको लागि मार्घेरिटा वन कार्यालयले क्षेत्रमा पासो थापेको थियो, फलस्वरूप चितुवा पासोमा फसेको छ ।चितुवालाई समातिएपछि स्थानीय मानिसहरूको ठूलो संख्या अहिले चितुवालाई हेर्न आएका बताए । स्थानीय मानिसले त्यस क्षेत्रमा चितुवाको संख्या धेरै छ। वन विभागसित अन्य चितुवाहरूलाई पनि खोर राखेर चाँड़ै समात्ने अपील स्थानीयले गरेका छन्।

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 334 पटक पढिएको
  • रोल्पामा पुलको पर्खाल भत्किदापाँच जनाको मृत्यु

    रोल्पा   ।   रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो।जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो।

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 377 पटक पढिएको
  • झापामा आइफोन सहित भारतीय युवा पक्राउ

    बिर्तामोड़  ।   झापामा भन्सार छलेर भित्राएको ९ वटा आई फोनसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्य किशनगञ्ज जिल्ला जानकारी चोक बस्ने अन्दाजी २८ वर्षीय मो. ईस्त्राफिल रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी महेशराज विष्टले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले शनिवार दिउँसो साढे १ बजेको समयमा झापा गाउँपालिका ४ सुकुम्वासी बस्तीमा भारतबाट नेपाल आउँदै गरेको बीआर ३७ जेट ८१०१ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनलाई शङ्का लागि चेकजाँच गर्दा ६ वटा आइफोन फेला पारेको थियो । बराम

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 366 पटक पढिएको
  • रेडपाण्डा सम्बन्धी पढ़ाई शुभारम्भ

    जुम्ला   ।   हिमाली क्षेत्रमा पाइने दुर्लभ  जनावर रेड पाण्डा (हाब्रे) पाइने क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले रेड पाण्डा तथा पर्यावरण सरक्षणसम्बन्धी जानकारीमूलक अध्ययन गर्न थालका छन्। संकट अबस्थामा रहेका ती बन्यजन्तु मध्ये  रेडपाण्डा संरक्षणबारे समुदाय स्तरमा सचेतना जगाउने उदेश्यले रेडपाण्डाका गतिविधिका बारेमा  विद्यार्थीहरुलाई सचेत गराइँदै आएको  छ। रेडपाण्डाको बास स्थानसंग जोडिएका गाउँबस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो। रेडपण्डा पाइने जुम्लाको पातारासी र सिंजा विद्यालयका विद्यार्थीहरु संरक्षणसंम्बन्धी शिक्षा हासिल ग

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 361 पटक पढिएको
  • सरकारले पेट्रोलको मूल्य बढायो

    भद्रपुर   ।  नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ बढाएको जानकारी गराएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 323 पटक पढिएको
  • विद्यालयबाट फर्किँदै गर्दा भीरबाट लडेर ५ वर्षीया बालिकाको मृत्यु

      धनकुटा :धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ।सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो। प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन्। भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन्। उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए।शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ।

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 299 पटक पढिएको
  • मदिरा तस्करद्वारा सशस्त्र प्रहरीका सईको हत्या

    लहान  ।    मदिरा तस्करले गाडीले ठक्कर दिएर सिराहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीमा सशस्त्रका सई लक्ष्मणप्रसाद यादवको हत्या भएको हो।यादव बीओपी बरहरीमा कार्यरत थिए। ड्युटीमै रहेका वेला उनको हत्या भएको हो। मदिरा तस्करी रोक्न खटिएका सई यादवलाई आईतबार बिहान करिब ३ बजे चारपाङ्ग्रे गाडीले ठक्कर दिएको जनाईएको छ। स्थानीयका अनुसार गाडीलाई सई यादवले रोक्न खोजेका थिए। त्यसपछि मदिरा बोकेको गाडीले स्पिड बढाएर उनलाई ठक्कर दिएर भागेको थियो। गाडीको ठक्करबाट उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए। उनका अनुसार सई यादवलाई ठक्क

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 499 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन आज

    काठमाण्डौ   ।   स्थानीय तहका रिक्त ४१ पदका लागि आज मतदान हुँदै छ । बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उमेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेक

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 385 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । देशमा पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेपनि देशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । क

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • 518 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.