काठमाडौं— सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान सुरू भएको छ।बयानका लागि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा आज बिहान उपस्थित गराइएको जिल्ला प्रहरी परिसरले जनाएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याएको थियो।लामिछानेविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको बताए ।प्रधानमन्त्री ओलीले भने, 'हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित
काठमाडौं— सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।सर्वोच्च अदालतले प्रसाईंलाई समेत अदालतमा उपस्थित गराउनु भनी आदेश दिएको छ ।
काठमाण्डौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ ।हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आ
काठमाण्डौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापिय प्रणाली अवस्थित रहेको देखिन्छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का ह
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।एमालेले दरबारमार्गस्थित खुला सडकमा शुक्रबार जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्देशनमा महानगरले १ लाख रुपैयाँ जरिवाना तिराएको हो ।काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जारी गरेको सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थ
शुक्रबार राजधानीको प्रमुख सडक दरबारमार्ग नै बन्द गरी नेकपा एमालेले आयोजना गरेको जागरण सभाका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ।सार्वजनिक सवारी साधनहरू ठाउँ ठाउँमा डाइभर्सन गरिएको कारण ट्राफिक जाम बढेको छ।सुन्धारा क्षेत्रमा सार्वजनिक सवारी चढ्न सर्वसाधारण भीड नै लागेको छ। जामका कारण समयमा सवारी साधन नपाउँदा सास्ती भोग्नु परेको सर्वसाधारणको गुनासो छ।
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं अहिले हिरासतमा छन् । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई बुधबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।पक्राउको विरोधमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दैछ ।
झापा— नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ‘, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती स
काठमाडौं— रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।उनका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको डीएसपी भट्टराईले जानकारी दिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.