जनकपुर । धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् ।शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनलगाउत विभिन्न माग राख्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन र सफाइ व्यवस्थापनको माग गर्दै नगर प्रमुख कारीराम यादवलाई पटक–पटक प्रस्ताव पेश गरे पनि बेवास्ता गरिएको आरोप लगाए । पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा छलफल नहुनु आफूप्रति अन्याय गर्न खोजीएको उनले ब
टक्सार (भोजपुर) । ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य कार्यकर्ताको अभाव देखिने गरेको छ । पशु चौपायामा सामान्य समस्या देखिँदा समयमै उपचार गर्न सकिँदैन । यही समस्या समाधानका लागि रामप्रसाद राई गाउँपालिका–५ मा सञ्चालनमा रहेको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयले निःशुल्क ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गरेको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको माग प्रस्तावमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको समन्वयमा शिक्षालयले तीन सय ९० घण्टा (६५ दिन) अवधिको ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गरेको हो । सशस्त्र प्रहरी छ जना र दुई जना महिलासहित तालिममा २० जनाको सहभाग
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ । एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । एन्फाले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको
मध्यविन्दु (नवलपरासी) । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् । प्राकृतिक चिकित्सालयमा उपचारका लागि आउनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचारपश्चात् मङ्गलबार फर्किएका छन् । कम्मरमा दुखाइका कारण हिँडडुल गर्न सम
पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उतिनै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए । सराङकोटको डाँडामा उभिँदा, उनका गह्रौँ मनका भावनाहरू बाँदलसरि मडारिएका थिए । केही वर्षअघि उनले श्रीमान फिल हुलवर्कको हात समाउँदै यही सिँढीहरू उक्लिएकी थिइन् । सँगै खिचिएका तस्बिरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यही थिए । थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उनलाई जीवनभर समातेर राख्ने वाचा गरेको थियो । अब तस्बि
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए ।उनका अनुसार विगत छ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो । कार्यक्रमले विभिन्न २८ जातका मुरली मकैको परीक्षण गरिरहेको भए पनि ९६ प्रतिशत फुला उठ्ने यो मकै पहिलोपटक सिफारिसको तयारी गरिएको उनले बताए । उनका अनुसार यो मकै हाल चितवनको माडी र पर्साको जीतपुरमा दुई वर्षदेखि परीक्षण गरिएको छ ।त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुरा, जुटबाली अनुसन्धान का
इटहरी (सुनसरी) । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । ह
फुङ्लिङ (ताप्लेजुङ) । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ओलाङचुङ्गोलाका स्थानीयले माग गरेका छन् । फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आग्रह गरेका हुन् ।ओलाङचुङ्गोलाका मवाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।समितिका कार्यकारी निर्देशक आशिष
काभ्रेपलाञ्चोक । यहाँको चौँरीदेउराली गाउँपालिकाले आउँदो शैक्षिकसत्रदेखि जलवायु परिवर्तनलाई स्थानीय विद्यालयका पाठ्यक्रममा समावेश गर्ने भएको छ । गाउँपालिकाले जलवायु परिवर्तन अनुकूलन योजना तथा विपद् व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्तो निर्णय भएको गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँले बताइन् । ‘जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य रूपमा लागू गर्न कार्ययोजना बनेको छ । यसलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने निर्णय पनि भइसकेको छ,’ उनले भनिन् ।यसैबीच, स्थानीय युवा समूहले जलवायु परिवर्तनसम्बन्धी विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै बाढीपहिरो, सुक्खा तथा अनावृष्टिजस्ता प्रा
चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.