समाचार

    Showing 15,141-15,150 of 26,701 items.
  • असिना पानीले कृषिवालीमा क्षति, घोगा लागेको मकै सखाप

    रौतहट  । रौतहटमा बेमौषमी बर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ ।चन्द्रपुरसहित उत्तरी भेगमा शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै बालीमा बढी क्षति पुगेको हो । चन्द्रपुर नगरपालिका वाड नं ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले सखाप पारेको हो । अबको एक÷दुई महिना पछी घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको उनको गुनासो छ । मकै खेती गर्दा विरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको बताए । सुगाबाटबचाउन सकिएपनिप्

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 410 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल)

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 405 पटक पढिएको
  • बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

    बागमती । बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१÷८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आव २०८१÷८२ को आठ महिनाको अवधिमा कूल बजेटको २५ दशमलव ६२ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 436 पटक पढिएको
  • जनकपुरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

    जनकपुर । जनकपुरबाट करिब ५ क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । ढल्केबरतर्फबाट जनकपुरतर्फ आउदै गरेको मधेश प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रंगको आयसर मिनि ट्रकलाई धनु

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 709 पटक पढिएको
  • मौसम पूर्वानुमानः केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान लगायत बाँकी भूभागका थोरै स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।यस्तै, आज राति कोशी, मधेश प्रद

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 271 पटक पढिएको
  • पाथीभरा मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने

    ताप्लेजुङ । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो ।नेपाल सरकारद्वारा जारी विकास समिति ऐन, २०१३ बमोजिम विसं २०५३ मा गठन भएको पाथीभरा क्षेत्र विकास समितिले सो क्षेत्रको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएको जनाएको छ । समितिका अनुसार पाथीभरा मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरता कायम राख्न मुख्य प्रवेशद्वारभित्र कुनै नयाँ संरचना निर्माण नगर्ने निर्णय अनुरूप वृक्षारोपण, धामक्षेत्र व्यवस्

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 360 पटक पढिएको
  • डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

    मुस्ताङ । जलवायु सङ्कटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष÷परोक्ष प्रभाव पर्दै गएको छ । जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङको जनजीवनसमेत निकै प्रभावित भइरहेको छ । असमान मौसम परिवर्तन, प्राकृतिक प्रकोप, अनियमित हिमपात हुने र कुनै वर्ष हिउँ नै पर्न नसक्नेजस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था विद्यमान छ । जलवायुकै कारण पछिल्लो समय हिमालहरू कालापत्थरमा रूपान्तरण हुँदै थाले भने हिमनदीको स्रोत पनि सुक्दै जान थालेका छन् । यसरी जलवायु सङ्कटकै कारण हिमाली जिल्ला क्षेत्रको कृषि र पशुपालनलगायत क्षेत्रमा यसको नकारात्मक असरहरू देखिन थालेको छ ।जल

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 280 पटक पढिएको
  • मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने

    मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ । सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिकामा बीओपी स्थापना गरिने भएको हो ।नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा बिओपी स्थापना गर्न लागिएको हो ।  प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको बताए । उनले बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको जानकारी दिए । सरकारी जग्गा आवश्यकता अनु

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 450 पटक पढिएको
  • आज विश्व पानी दिवस मनाइँदै

    काठमाडौँ । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ ।बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ ।पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संय

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 280 पटक पढिएको
  • उपराष्ट्रपति यादवद्वारा पानी संरक्षणमा जोड

    काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।उनले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि पानीको संरक्षण जरुरी रहेको उल्लेख गरेका छन् ।‘पानी बिना जीवनको कल्पनासम्म गर्न सकिन्न । पानीको संरक्षण र यसको समुचित उपयोगका लागि सक्दो प्रयास र सार्थक पहल गर्दै भावी पिँढीका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट भई अग्रसर हुन आवश्यक छ,’ उनले भनेका छन् ।सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 294 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.