समाचार

    Showing 15,191-15,200 of 24,900 items.
  • विपद संकटग्रस्त स्थानीय तहले एक करोडसम्म राहत पाउने

    काठमाडौं— बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ ।बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ ।जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहमा रहेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 296 पटक पढिएको
  • गौशाला धर्मशाला विवाद मिलाउन पर्यटन मन्त्रालयले बोलायो परिषद्‌को बैठक

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् ।पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् । साथै उनले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकार

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 328 पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियारमा उजुरी दर्ता

    काठमाण्डौ  । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिन्धुलीका युवराज पौडेल(सफल) ले आज उजुरी दर्ता गराएका हुन् ।एमाले अध्यक्ष समेत रहेका प्रधानन्त्री ओलीविरुद्ध विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो। देशकै प्रधानमन्त्रीले कानुन उल्लंघन गरेको भन्दै सफलले उजुरीमा भनेका छन्, ‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 788 पटक पढिएको
  • टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

    एजेन्सी । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको हो । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो । उक्त भूकम्पमा टर्कीमा ५३ हजार पाँच सयभन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 381 पटक पढिएको
  • इन्धन ट्याकंर विस्फोट, १४७ जनाको मृत्यु

    एजेन्सी ।  उत्तरी नाइजेरियामा एउटा इन्धन ट्यांकर विस्फोट हुँदा करिब १४७ जना मानिसको मृत्यु भएको छ । प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मंगलबार राति उत्तरी जिगावा राज्यमा ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा मानिसको मृत्यु भएको हो।नाइजेरियाले हालसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला बहुमूल्य पदार्थ बनेको इन्धन विस्फोट भएको हो । जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा १४७ जनाको मृत्यु भएको बताइएको छ।प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा जिगावा राज्यको माजिया शहरमा

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 338 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।    हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरप्श्चिम प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 290 पटक पढिएको
  • यात्रुको सहजताका लागि बीपी राजमार्ग राति १० घण्टा बन्द हुने

    काठमाडौं— गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको बीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले बीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 475 पटक पढिएको
  • धौलागिरिमा ज्यान गुमाएका रुसी पर्वतारोहीको शव काठमाडौं ल्याइयो

    काठमाडौं— धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौं ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका उनीहरूको शव आज सङ्कलन गरी हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।एअर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको पाँज जना शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । काठमाण्डौ ल्याइएका शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्त

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 337 पटक पढिएको
  • डडेलधुरा दुर्घटना: ज्यान गुमाउनेको संख्या पाँच पुग्यो, एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं— डडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको हो । योसहित ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ ।कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै पुर्चौडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 501 पटक पढिएको
  • रात्रिबस दुर्घटना : ४ जनाको मृत्यु, १२ घाइते

    डडेल्धुरा   ।   डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति ११:०० बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो।दुर्घटनामा परेर २ महिला, १ पुरुष र १ शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए।मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 644 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.