समाचार

    Showing १५१-१६० of २६,७९८ items.
  • प्रदेश र स्थानीय तहसँग समन्वय गरेर राहत वितरण भइरहेको छ : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बाढीपीडितलाई राहत बितरण भइरहेको दाबी गरेको छ । नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले साेमबार पत्रकार सम्मेलन गर्दै बाढीपछिको पछिल्लो अवस्था र सरकारी प्रयासबारे जानकारी दिए ।मन्त्री पोखरेलका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३८९ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २९ हजार ८ जना सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद सरकारी र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरी उद्धार कार्य जारी राखिएको पोखरेलको भनाइ छ ।शव

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २९६ पटक पढिएको
  • अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट मेसीको सन्यास

    काठमाडौँ । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेसीले यस्तो घोषणा गरेका हुन् ।केही महिनाअघि मात्र विश्वकपको फाइनल खेलेका मेसीले आफूले अर्जेन्टिनाको जर्सीका लागि सधैं सबै कुरा दिएको बताएका छन् ।पछिल्ला केही वर्षमा टोलीले ठूला उपाधि जित्दा मात्र नभई आफ्नो लामो अन्तर्राष्ट्रिय करियरभरि नै आफूले पूर्ण समर्पणका साथ खेलेको उनको भनाइ छ ।मेसीले लेखेका छन्, ‘यो निर्णयले मेरो आत्मालाई दुखाएको छ र अझै दुखिरहेको छ। तर अब यही सही समय हो भन्ने मैले बुझेको छु ।’ उनले राष्ट्रिय टोलीमा आफ्नो यात्रा निकै भावुक रहेक

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २५४ पटक पढिएको
  • आलोचना बढेपछि हटाइन् रास्वपा प्रदेश सदस्यले विवादास्पद स्टाटस

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सदस्य प्रभा ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक विवादास्पद स्टाटसलाई लिएर चौतर्फी आलोचना भएको छ ।मुलुक विपद्को घडीमा रहेका बेला सरकारको बचाउ गर्ने क्रममा लेखिएको भनिएको उक्त स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् ।आलोचकहरूले विपद्मा ज्यान गुमाएका नागरिक तथा शोकमा रहेका परिवारप्रति संवेदनशील हुनुपर्ने समयमा यस्तो अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।ज्ञवालीले फेसबुकमा लेखेकी थिइन्, ‘सरकार लास नगाडम भो ! सबै नेपालीको घरमा १–१ वटा पठाइदिनु फृजमा राख्छ्म् । अझ गाडिस् भनेर बुरुक बुरुक उफ्रिनेकोमा २ वटा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २५८ पटक पढिएको
  • विष्णुमति र धोवीखोलामा सतर्कता आह्वान, बाढीको जोखिम

    काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँको नदी तटीय क्षेत्रमा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै महाशाखाले विष्णुमति, धोवीखोलासहितका क्षेत्रमा सतर्कता अपनाउन भनेको हो । गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २६६ पटक पढिएको
  • भारतमा मौसमी जोखिम बढ्दा नेपालमा पनि उच्च सतर्कता आवश्यक

    देवेन्द्र के. ढुङगाना  \  भारत मौसम विज्ञान विभाग (आईंएम डि ) ले भारतका विभिन्न राज्यमा आगामी २४ देखि ४८ घण्टासम्म भारीदेखि अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा तीव्र हावाहुरीको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सक्रिय मनसुनी प्रणाली, न्यूनचापीय रेखा तथा बंगालको खाडी आसपास विकसित मौसमी प्रणालीका कारण भारतका पूर्वी, उत्तरी, मध्य र पश्चिमी भूभागमा वर्षाको गतिविधि तीव्र हुने अनुमान गरिएको छ।भारतमा देखिएको यो मौसमी गतिविधि केवल भारतीय भूभागमै सीमित रहने विषय होइन। विशेषगरी बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, झारखण्ड, सिक्किम तथा उत्तराखण्डजस्ता नेपालसँग जोडिएका व

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ३७२ पटक पढिएको
  • बाढीपहिरोको कहर : १०० बस, ७० माइक्रो र ३०० मालवाहक सवारी सम्पर्कविहीन

    काठमाडौं । बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो संख्यामा सवारीसाधन तथा यातायात व्यवसायी सम्पर्कविहीन भएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार प्रारम्भिक विवरणमा करिब १०० बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर/गाडी सम्पर्कविहीन छन्। रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनर समेत सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी छ।विपद्का कारण सञ्चार सम्पर्क प्रभावित भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको महासंघले जनाएको छ। सवारीसाधनसँगै करिब ५०० चालक, परिचालक, मजदुर तथा व्यवसायीसँग समेत सम्पर्क हुन नसकेको गिरीले बताए।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २६४ पटक पढिएको
  • जलवायु परिवर्तनको क्षति विकसित मुलुकले व्यहोर्नुपर्छ : ओली

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित मुलुकहरूले गर्नुपर्ने बताएका छन् ।उनले वातावरण विनाशमा तुलनात्मक रूपमा बढी भूमिका खेल्ने विकसित राष्ट्रहरूले त्यसबाट उत्पन्न क्षतिको जिम्मेवारीसमेत लिनुपर्ने धारणा राखेका हुन् । जलवायु परिवर्तनबाट प्रभावित मुलुकको क्षतिपूर्ति पाउने अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नुपर्नेमा ओलीले जोड दिए ।ओलीले भोटेकोशीमा आएको बाढीलाई विश्वव्यापी वातावरणीय सङ्कटको गम्भीर सङ्केतका रूपमा लिनुपर्ने बताए । उनका अनुसार पछिल्ला प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्त

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २३६ पटक पढिएको
  • सुझाव लेखेको भोलिपल्टै टिमुरे सरुवा, निरौला भन्छन्- ‘जान्छु, जिम्मेवारी पूरा गर्छु’

    काठमाडौं । बाढीमा मृत्यु भएकाको शव व्यवस्थापनबारे सरकारलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएको भोलिपल्टै रसुवा सरुवा भएका सहसचिव कोशहरि निरौला अब टिमुरे जाने तयारीमा छन्। सरुवालाई लिएर सरकारमाथि प्रतिशोधको आरोप लागिरहे पनि निरौलाले भने निर्णयप्रति असन्तुष्टि नरहेको बताएका छन्।भोटेकोशी बाढीपछि पहिचान हुन नसकेका शव व्यवस्थापनको जिम्मेवारीसहित उनलाई टिमुरे केन्द्र बनाएर काजमा खटाइएको हो। कोभिडकालमा मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापन गरेको अनुभवका आधारमा उनले मृतकका आफन्तको भावना, धर्म र संस्कारलाई ध्यान दिनुपर्ने भन्दै शव हतारमा नगाड्न, ठूला फ्रिज तथा आवश्यक सामग्रीको व्यवस्था गर्न र आ

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २६१ पटक पढिएको
  • बाढीमा ज्यान गुमाएकाको पहिचान चुनौतीपूर्ण, नेपालले विदेशबाटै खोज्यो प्राविधिक सहयोग

    काठमाडौं । भोटेकोशी बाढीपछि मृत्यु भएका तथा पहिचान हुन नसकेका व्यक्तिको पहिचानका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। परराष्ट्र मन्त्रालयका अनुसार पीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग र अमेरिकासँग डीएनए परीक्षणमा सहयोग मागिएको छ।सोमबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउनसमेत अनुरोध गरिएको जानकारी दिए। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री आउने अपेक्षा गरिएको छ।बाढीपछि उद्धार तथा राहतका लागि भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरियालगा

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ९९ पटक पढिएको
  • नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ: रक्षामन्त्री सिंह

    नयाँदिल्ली / भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाएका छन्।उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। रक्षामन्त्री सिंहले दूतावास पुगेर विपद्मा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरे। उनले दूतावासको शोक पुस्तिकामा समेत सन्देश लेख्दै भारत र नेपाल निकट मित्र तथा साझेदार रहेको र सुख–दुःखमा एकअर्काको साथमा रहने बताएका छन्।‘निकट मित्र र साझेदार तथा सुख–दुःखका साथीका रूपमा भारत सधैँ नेपालसँग उभिएको छ। यस कठिन समयमा पनि हामी नेपा

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २६३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.