समाचार

    Showing १६१-१७० of २६,७९८ items.
  • बाढीपहिरो प्रभावित क्षेत्रमा ९०३ शव फेला, चार हजार २०० अझै बेपत्ता

    काठमाडौं / परराष्ट्र मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म ९०३ जनाको शव फेला परेको र करिब चार हजार २०० जना अझै बेपत्ता रहेको जनाएको छ ।मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रभावित क्षेत्रबाट ३२३ भन्दा बढी विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन् । सरकारले जीवन रक्षा, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखेको प्रवक्ता क्

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ११५ पटक पढिएको
  • चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?

     काठमाडौं / दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो। उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ। हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पुर्याएको थियो। क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरो

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २८५ पटक पढिएको
  • नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न उद्धार टोलीहरु सक्रिय छन् । प्राविधिक टोलीका एसआई विकल्प परियार नेतृत्वको खटिएको टोलीले खोज तथा उद्धारसँगै शव व्यवस्थापनको काम गरिरहेको छ ।बाढी प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँट क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरी प्रभावित नागरिकको खोज, उद्धार तथा शव व्यवस्थापनका काम गरि रहेको हो । सशस्त्र प्रहरीको टोलीले बाढीबाट अहिले शव व्यवस्थापन कार्यलाई प्राथमिकता राखेर काम गरिरहे

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ८८ पटक पढिएको
  • ५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

    काठमाडौं । लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ ।सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याएको हो । लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि माइखोला–राजदुवाली सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।असार २९ गतेसम्म आइपुग्दा सडक थप भासिएपछि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालनमा समेत पूर्ण रोक लगाइएको थियो ।सडक बन्द भएपछि इलामसहित पाँचथर र ताप्लेजुङको झापा तथा तराई क्षेत्रसँगको नियमित यातायात सम्पर्क प्रभावित हुँदै आएको थियो।मुख्य राजमार्ग लामो समय अवरुद्ध हु

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ९६ पटक पढिएको
  • सुरुङभित्र कोही नभेटिएपछि धुन्चे फर्कियो सेनाको टोली

    रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण मानिस फसेको आशंका गरिएपछि नेपाली सेनाको टोलीले गरेको खोजीमा कोही पनि फेला परेनन्।इन्जिनियर र ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म पुगेको सेनाको टोलीले भित्री भागमा विस्तृत खोजी गरेको थियो। ड्रोनबाट समेत निगरानी गर्दा मानवीय उपस्थिति नदेखिएपछि सुरुङभित्र कोही फसेको आशंका टरेको सेनाले जनाएको छ।खोजीका क्रममा कुनै व्यक्ति नभेटिएपछि उद्धार टोलीले अभियान सम्पन्न गरी रसुवाको धुन्चे फर्किएको छ। बाढीपछि सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंकाले खोजी थालिएको थियो। पछिल्लो खोजीले उक्त आशंका गलत सावित गरेको हो।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ६८ पटक पढिएको
  • बेपत्ताको खोजीमा टिचिङ अस्पतालको भित्ताभरि आफन्तका तस्बिर

    काठमाडौं ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन्।बाढी आएको केही दिन बितिसक्दा पनि आफ्ना मान्छेको अवस्था थाहा नभएपछि आफन्तहरू अस्पताल पुगेर खोजी गरिरहेका छन्। अस्पतालका भित्ताहरू अहिले हराइरहेका व्यक्तिका तस्बिरले भरिएका छन्।कसैको हातमा आफ्ना बुबाको तस्बिर छ, कसैसँग आमाको। कसैले श्रीमान् खोजिरहेका छन् भने कसैले सन्तानको तस्बिर बोकेर अस्पताल पुगेका छन्।तस्बिरमुनि नाम, उमेर र पहिचान खुल्ने विवरण राखिएका छन्। अस्पताल आउने–जाने प्रत्येक व्यक्तिको नजर ती पोस्टरमा पुग्छ। आ

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १७४ पटक पढिएको
  • भोटेकोशी बाढीबाट उद्धार गरिएका बालबालिका करुणा केयरमा, खेल्दै भुल्दैछन् विपद्को त्रास

    नुवाकोट ।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बालबालिकालाई नुवाकोटको विदुरस्थित करुणा केयरको होल्डिङ सेन्टरमा राखिएको छ।विपद्को त्रास र कठिन परिस्थितिबाट गुज्रिएका बालबालिका अहिले सुरक्षित वातावरणमा बसिरहेका छन्। केही दिनअघिसम्म बाढीको त्रासमा रहेका उनीहरू अहिले साथीहरूसँग खेल्दै, हाँस्दै र रमाउँदै समय बिताउन थालेका छन्।होल्डिङ सेन्टरमा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ। उनीहरू क्यारेम्बोड खेल्दै, साथीहरूसँग रमाउँदै र खेलकुदमा सहभागी हुँदै बिस्तारै सामान्य दैनिकीमा फर्किने प्रयास गरिरहेका छन्।बाढीले घरबास र पारिवारिक वातावरणबाट टाढा पुर्‍याएका य

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १४० पटक पढिएको
  • रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

    रसुवा / पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको दुःखद खबर सार्वजनिक भएको छ । रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनाएको छ । बाढीले बगाएका शव नदीको बहावसँगै भारततर्फ पुग्न थालेपछि घटनाले थप पीडादायी रूप लिएको छ ।प्रकृतिको यो निर्मम प्रहारले कैयौँ परिवारको खुसी उजाडिएको छ भने आफन्तको खोजीमा रहेका परिवारहरू अझै पनि आशा र पीडाको बिचमा छन् । बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २४० पटक पढिएको
  • ५१ दिनपछि मेची राजमार्गमा साना सवारी सञ्चालन, यात्रुलाई राहत

    काठमाडौं / इलामको माइखोला–राजदुवाली सडकखण्ड ५१ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ।सडक डिभिजन कार्यालय इलामले सोमबारदेखि पहिलो चरणमा साना तथा हलुका सवारीसाधन चल्न अनुमति दिएको हो।लगातारको वर्षाका कारण असार २५ गतेदेखि सडक भासिएर यातायात पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि असार २९ गतेदेखि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको थियो।सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको झापा तथा तराईसँगको यातायात सम्पर्क प्रभावित भएको थियो भने यात्रु, बिरामी, व्यवसायी र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या परेको थियो। सडक डिभिजन कार्यालयले मर्मतपछि हाललाई जोखिमलाई मध्यनजर गर्दै सान

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ८१ पटक पढिएको
  • नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली

    काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न उद्धार टोलीहरु सक्रिय छन् । प्राविधिक टोलीका एसआई विकल्प परियार नेतृत्वको खटिएको टोलीले खोज तथा उद्धारसँगै शव व्यवस्थापनको काम गरिरहेको छ ।बाढी प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँट क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरी प्रभावित नागरिकको खोज, उद्धार तथा शव व्यवस्थापनका काम गरि रहेको हो । सशस्त्र प्रहरीको टोलीले बाढीबाट अहिले शव व्यवस्थापन कार्यलाई प्राथमिकता राखेर काम ग

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.