काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।शुक्रबार सूचना जारी गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति लागि दरखास्त आह्वान गरेको हो । विभिन्न १९ पदमा दरखास्त आब्हान गरिएको हो ।आगामी माघ २२ गतेसम्म योग्य उम्मेदवारले दरखास्त बुझाउन सक्नेछन् ।प्रतिष्ठानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी नेपाल बैंक लिमिटेड, लगनखेलमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्ने छ ।
गण्डकी। आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र भएको कास्कीमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । कास्की क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान तथा तालिम केन्द्र रामघाट, क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय सङ्घीय जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय, ड्यामसाइट र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय मालेपाटनस्थित प्रदेश कृषि मन्त्रालयको भवनमा स्था
काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ ।आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ ।यस्तै, अधिकृतले मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य निर्वाचन सामग्री रुजु लिई बुझिलिनेजस्ता काम गर्नुपर
बनियानी। झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ ।झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ । झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगरको मृत्यु भएको र निजकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ट्रकका चालक फरार छन्भने निजको खोजी भइ
महेन्द्रनगर। बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि रौतहटमा निर्वाचन प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिएको छ। जिल्लामा आवश्यक संख्याभन्दा झण्डै दोब्बर बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म कुल ६ हजार २ सय ८४ जनाले आवेदन दिएका छन्। जसमा ९ सय ३६ महिला र ५ हजार ३ सय ४८ पुरुष रहेका छन्।रौतहटमा निर्वाचन सुरक्षाका लागि ३ हजार ९ सय ५१ जना म्यादी प्रहरीको आवश्यकता रहेको भन्दै यसअघि नै सूचना आह्वान गरिएको थियो।आवेदन संकलनका लागि जिल्ला प्रहरी का
सर्लाही— गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ परेका छन् ।सर्लाहीको हरिवन नगरपालिका– ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेनजी आन्दोलनको क्रममा भागी फरार भएका थिए।उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो।प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ करिब ५ बजे फेकनलाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका उनलाई आवश्यक का
काठमाडौं— नेपाली कांग्रेसको देउवा समूहले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन हुन लागेको हो।पत्रकार सम्मेलन दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा हुने छ। सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहने पौडेलले जानकारी दिए।बुधबार राति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा केन्द्रीय समिति निर्वाचित भएको थियो। तर, देउवा समूहले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिएको जनाएको छ।विशेष महाधिवेशनबाट निर्वाचित के
काठमाडौं— लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ।माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन्।
काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ।निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले घटाइएको हो।नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।नयाँ मूल्य इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यअनुसार समायोजित गरिएको निगमले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.