समाचार

    Showing 18,381-18,390 of 26,731 items.
  • ठुलो परिमाणमा चरेश सहित ५ जना पक्राउ

    काठमाण्डौ  ।  अवैध लागूऔषध चरेश २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ खनियावास गाउँपालिका ५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्ध कुमाख गाउँपालिका ४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाँउपालिका ५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रुकुम भूमे गाउँपालिका २ घर भई दाङ लमही नगरपालिका ४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छन्।ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगापालिका २ लिङ्गेट नेपालबाट भारततर्फ जादै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम रेगदोन तामाङलाई ५ किलो ३ सय ६५

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 301 पटक पढिएको
  • सुन प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

    काठमाण्डौ  ।   १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार बताइने प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  काठमाडौंबाट पक्राउ गरेको हो।सीआईबीका प्रवक्ता एसपी हाेविन्द्र बाेगटीले घटनाकाे पुष्टि गर्दै थप अनुसन्धान भइरहेकाे पर्दाफासलाई बताए।प्रहरी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि प्रहरीलाई पत्राचार गरेको थियो।प्लाटिनम कलेज डिल्लीबजार कालि

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 193 पटक पढिएको
  • उड्न लागेको यतीको विमानको इन्जिनमा समस्या, पार्किङमै फर्काइयो

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८:३०  थियो ।

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 260 पटक पढिएको
  • सशस्त्र प्रहरीले ७० लाख बराबरको कपडासहित ट्रक नियन्त्रणमा

    बिरगन्ज । जिल्लाको बीरगंज महानगरपालिका वडा नम्बर-२५ बहुअरीबाट सशस्त्र प्रहरीले संकास्पद बिलबिजक भएको  ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सह-प्रबक्ता डिएसपि शैलेन्द्र थापाले बीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना.८.ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलविजक संकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रक सहित नियन्त्रणमा लिएको जानकारी दिए ।उनका अनुसार लत्ताकपडाको  ७० लाख र  ट्रकको अन्दाजी मुल्य ४० लाख मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बा

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 268 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, विद्युतीय व्यापार विधेयक प्रस्तुत गरिने

    काठमाडौँ  ।   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसदभवन नयाँबानेश्वरमा बोलाइएको छ ।आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 248 पटक पढिएको
  • चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

    चितवन  ।  चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आइतबार मृत गैँडा फेला परेको हो ।मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 191 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 291 पटक पढिएको
  • एनआईसी एशिया बैंकमा कर्मचारीमाथि आतंक : ३ महिनामा ३ पटक सरुवा

    काठमाण्डौ । बैंक पनि साथी पनि हाम्रो पनि राम्रो पनि भन्ने नाराले यतिवेला एनआईसी एशिया बैंक र बैंकको उच्च व्यवस्थापनलाई नै गिज्याईरहेको छ ।कुनै समय आफूलाई बाणिज्य बैंकहरुमध्ये अब्बल देखाउन आक्रामक रुपमा साखा विस्तार गर्दै सोही रफ्तारमा कर्मचारी भर्ना गरेको ढोङ्ग गर्ने एनआईसी बैंकले यतिबेला तिनै कर्मचारीमाथि श्रमको शोषण गरेको छ ।सहज अवस्थामा तिनै कर्मचारीलाई कार्यलय समयपछि पनि घन्टौसम्म काम लगाएर अर्बौं मुनाफा कमाएको एनआइसी एशिया बैंकले परिस्थिति अप्ठ्यारो हुँदै गएपछि आफ्ना कर्मचारीको रोजिरोटी खोसिनेगरि बेरोजगार बनाएको छ ।अझ भनौं एनआईसी एशिया बैंकले ग्राहकपछि आफ्नै कर्मचारीमा आतंक सृजना गरेको छ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 438 पटक पढिएको
  • सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनामा पनि सकेन अनुसन्धान

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन् ।सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो । तर दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन् । श्रोतका अनुसार सरकारले फेरि जाँचबुझ आयोगको कार्यावधि थप गर्ने तयारी भइरहेको छ ।गत साउन २ गते विमानस्थलबाट बरामद भएको ६० किलोग्राम सुन र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी सुन तस्करी प्रकरणपछि गठित जाँचबुझ आयोगलाई अदालतसरह अधिकार र सुविधा पाउने गरी जिम्मेवारी दिइएको छ ।सरकार

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 332 पटक पढिएको
  • चार अस्पतालको फोहर सङ्कलनमा महानगरको रोक

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर सङ्कलन नगर्ने भएको छ । महानगरले कलङ्की क्षेत्रमा सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहर सङ्कलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।कामपाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन अनुगमनको क्रममा ती अस्पतालको फोहर व्यवस्थापन प्रचलित ऐनबमोजिम नभएको भन्दै मा रोक लगाएको हो ।  यसअघि पनि कामपाले कान्ति बाल अस्पतालको फोहर सङ्कलनमा रोक लगाएको थियो ।&nbs

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.