समाचार

    Showing 18,391-18,400 of 26,731 items.
  • मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन

    काठमाडौं । सरकारसँग वार्ताका लागि मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन भएको छ ।मिटरब्याज तथा ठगी विरुद्ध किसान(मजदुर संघर्ष समिति, नेपालको तर्फबाट अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको हो ।गृहमन्त्रालयले पीडितहरूसँग वार्ताका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरी वार्ताका लागि डाकेको थियो ।संघर्ष समितिले वार्ता टोली गठन गरेसँगै आजैबाट सरकारसँग औपचारिक वार्ता सुरु भएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 231 पटक पढिएको
  • अबैध बाटोबाट अमेरिका पुगेका आठ जना नेपालीलाई फकाईयो

    काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने , “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 207 पटक पढिएको
  • अमेरिका पुगेकी ६ महिनामा नेपाली युवतीको मृत्यु

    काठमाण्डौ  ।  अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो ।ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ ।निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 227 पटक पढिएको
  • शरीरमा यस्ता लक्षण देखिए बुझ्नुस् कलेजोमा समस्या छ

    काठमाण्डौ  ।   कलेजो शरीरको एक महत्वपूर्ण अंग हो । यदि यो सही छ भने, पाचन प्रणाली स्वस्थ रहन्छ । खाना राम्ररी पच्यो भने खानपान राम्रो हुन्छ र मानिस पनि स्वस्थ हुन्छ ।कलेजो स्वस्थ हुन खानेकुरा पनि स्वस्थ हुनुपर्छ । फोहोर खानेकुरा र दूषित पानी पिउँदा धेरैजसो मानिसको कलेजो प्रभावित हुन्छ ।कहिलेकाहीँ मदिरा सेवनले पनि कलेजोमा क्षति पुर्‍याउँछ । कलेजामा क्यान्सर, लिभर सिरोसिसजस्ता रोग पनि लाग्ने गर्छ ।हेपाटाइटिस बी पनि यस्तै गम्भीर प्रकृतिको कलेजोको रोग हो । केवल रोकथाम र समयमै उपचारको लागि ती लक्षणहरू पहिचान गर्न आवश्यक छ । चिकित्सकहरु कलेजोका यी ६ लक्षणलाई भूलले पनि बेवास्ता गर्न नह

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 252 पटक पढिएको
  • यस्तो स्थानमा बिर्सिएर पनि नराख्नुहोस् कुचो

    काठमाण्डौ  ।   धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ ।भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपु-याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैनन् ।घरको उत्तरपूर्वी अर्थात इशान दिशामा फोहोर तथा कुचो लगायतका वस्तु राख्नु हुँदैन यसले घरमा कलह हुन्छ । वास्तुशास्त्र अनुसार अरु के

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 222 पटक पढिएको
  • एआइजीसहित ११ जना डीआइजी रिटायरको सूचीमा

    काठमाडौं । नेपाल प्रहरीमा ४ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)सहित ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को अर्लि रिटायरको सूचीमा देखिएका छन्।प्रहरीको किताबखाना स्रोतका अनुसार ४ एआइजी र ११ डीआइजीहरु अर्लि रिटायरको सूचीमा देखिन्छन्। उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन्। जसमा एआइजी सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्। यस्तै डीआइजीहरुमा भने विकासराज खनाल, सुरेन्द्र प्रसाद मैनाली, उमेशराज जोशी, पोषराज पोख्रेल, विष्णु कुमार केसी, यज्ञ विनोद पोखरेल, राजेन्द्रनाथ बास्तोला, किरण राणा, रामदत्त जोशी र भरतबहादुर बोहरा रहेका छन्। यी सबै २०८१ मा अ

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 222 पटक पढिएको
  • सरकारी जग्गा हिनामिना गरेको आरोपमा नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा १८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो।आयोगका अनुसार कि.नं. ७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरू २०२१ सालको शु

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 275 पटक पढिएको
  • सरकारी जग्गा किर्ते गरेको आरोपमा नापी अधिकृतसहित १७२ जनाविरुद्ध मुद्दा

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित १७२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । झापाको दमकस्थित बालुवाटारको झन्डै ३० बिघा सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको आरोपमा न्यौपानेसहित १७२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सो मुद्दामा सरकारी कर्मचारी र सुरुमा आफ्नो नाममा जग्गा दर्ता गर्ने ३६ सहित ६४ जनालाई मुख्य प्रतिवादी बनाइएको छ । जग्गा फिर्ता प्रयोजनका निम्ति थप १०८ जनालाई प्रतिवादी बनाएको अख्तियारले जनाएको छ ।दमक नगरपालिका-१३ र १४ कायम भएको बालुवाटारका नौ कित्तामा रहेको २९ बिघा १७ कट्ठा चार धुर जग्गा

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 324 पटक पढिएको
  • दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

    काठमाडौँ। आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको छ । अर्का जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ ।आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । न्यायपरिषदको सिफारिस कार्यान्वयनका लागि प्रधान न्यायाधीशको सचिवालयमा पठाइएको छ ।हाल न्यायपरिषदमा तानिएका थपलियामाथि पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 213 पटक पढिएको
  • तरुण दलका नेता गिरीलाई गोली प्रहार गर्ने चार जना सार्वजनिक

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा गोली प्रहार गर्नेहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार सार्वजनिक गरेको हो ।पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका-२ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका-४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन् । घटनामा संलग्न थप दुई जना फरार छन् । उनीहरूको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीका गोली प्रह

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 319 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.