समाचार

    Showing 18,401-18,410 of 26,731 items.
  • पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पाँच सदस्यीय समिति गठन

    काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत कोषको नाममा देशभर रहेको जग्गा खोजी गर्न पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजु केसी छन् ।विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेको देखिएपछि समिति बनाइएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 258 पटक पढिएको
  • दुबईबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा एक महिला पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा भारतीय महिला पक्राउ परेकी छिन् ।विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार नेपाल एयरलाइन्सको फ्लाइटमा शनिबार दुबईबाट काठमाडौं आएकी ३७ वर्षीया तसलिम सुल्ताना बुश्रा पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको थियो।उनले चार वटा खेलाउना राखिएका कार्टुन बाक्स बोकेकी थिइन् । सो बाकसका कागजभित्रको पत्रमा सुन लेपन गरिएको पाइएको प्रहरीले जनाएको छ । कुल ७०० ग्राम सुन र ७४० ग्रामको कफी पनि बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धानका लागि विमान

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 367 पटक पढिएको
  • उपत्यकाबाट लुटपाट, चोरी र ठगीमा संलग्न १२ जना पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरु पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन् । लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नग

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 380 पटक पढिएको
  • सशस्त्र प्रहरीको ब्यारेकमा आगलागी

    काठमाण्डौ ।  बाराको विश्रामपुर गाउँपालिका–४ बलरामपुर स्थित सशस्त्र प्रहरीको ब्यारेकमा शनिवार दिउँसो आगलागी हुँदा बन्दोबस्तीका समानहरू जलेर नष्ट  भएको छ ।दिउसो तीन बजेको समयमा अचानक  विद्युत् सर्ट भएर ब्यारेकमा  आगलागी भएको सशस्त्र प्रहरी उपरीक्षक सन्तोष सिंहले जानकारी दिए । आगलागीबाट सशस्त्र प्रहरीको बर्दी,ओछ्यान, रासन लगायतका सामग्री, लगाउने लुगाहरू जलेर नष्ट भएको सशस्त्र प्रहरी उपरिक्षक सिंहले जानकारी दिए  । आगलागीका कारण  फुसको ब्यारेक पुर्णरुपमा जलेको हुँदा  बस्न नसकिने अवस्थामा पुगेको छ । वीरगन्जबाट आएको वारुणयन्त्र, स्थानीयहरू र नेपाल प्रहरीको सहयो

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 746 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

    काठमाडौं  । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ।आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशाेधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् भने उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशाेधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 200 पटक पढिएको
  • बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद

    काठमाण्डौ । सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको गोलबजार नगपालिका-१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुक फाली भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।उनले विशेष सूचनाको आधारमा प्रहरी पुगे पनि उनीहरु बन्दुक फालेर भागेको बताए । बन्दुक फालेर भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 319 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै, गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति देशभर आंशिकदेखि साधारणतया बदली

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 203 पटक पढिएको
  • ट्रक, टिप्पर र कार एक आपसमा ठोक्कियो

    काठमाण्डौ  ।  कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन्। गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो।दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो। जिल्ला प्रहरीले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 306 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुदा १५ जनाको मृत्यु

    एजेन्शी । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार  सो दुर्घटना  परी  मृत्यु हुनेको संख्या बढ्न सक्छ । जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारणा यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन ।यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 337 पटक पढिएको
  • तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

    काठमाडौं  । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन।शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिए।बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।नय

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 214 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.