समाचार

    Showing 18,421-18,430 of 26,731 items.
  • आगोमा जलेर एक बालकको मृत्यु

    बिर्तामोड । झापामा आज एक बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–४ भानटोली निवासी इनाम हुसेन शेखको ४ वर्ष ६ महिनाका छोरा अपित हुनेनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताएका छन। गिरीका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो। आगलागीमा परी बालकको मृत्यु भएसँगै जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाएको झापा प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 283 पटक पढिएको
  • थापाथलीको प्रसूति गृहबाट शिशु चोरी: सीसीटिभी हुलिया सार्वजनिक

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट शिशु चोरेर एक महिला फरार भएकी छन् । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ । बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ । प्रसूति गृहबाट बच्चा, सीसीटिभी हुलिया सार्वजनिकथापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाटै बच्चा चोरी भएको घटनामा प्रहरीले संग्दिध महिलाको व्यापक खोजी गरेको छ ।जिल्ला प्रहरी परि

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 450 पटक पढिएको
  • डेपुटी गभर्नर ढुङ्गानालाई बैंक सुपरिवेक्षणको जिम्मेवारीबाट हटाइयो

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर डा. निलम ढुङ्गानाको जिम्मेवारी हेरफेर गरेका छन् ।गभर्नर अधिकारीले फागुन ११ गते (आज) बाट लागू हुने गरी डेपुटी गभर्नर डा. ढुङ्गानालाई बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । गभर्नरले यसअघि आफैंसँग रहेको आर्थिक अनुसन्धान विभाग ढुंगानालाई दिएर गभर्नर बैंक सुपरिवेक्षण विभाग आफू मातहत राखेका हुन् ।यससँगै अब डेपुटी गभर्नर ढुङ्गाना मातहतमा मौद्रिक नीति तथा विदेशी विनिमय नीति समूहका आर्थिक अनुसन्धान विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग, नियमन तथा सुपरिवेक्षण समूहका वित्तीय सं

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 301 पटक पढिएको
  • खस्किदो गतिमा एनआइसी एशियाका बैक: सूचना अधिकारी अर्जुन खनियाले छाडे बैक

    काठमाण्डौं ।  एनआईसी बैंकका नायव प्रमुख सूचना अधिकारी तथा कर्जा बिभाग प्रमुख (एजीएम) अर्जुनराज खनिया बैंक छोड्न लागका छन् । बैंकका एक उच्च पदस्थकर्मचारीका अनुसार खनियाले बैंकप्रति असन्तुस्टि जनाउदै बैंक छाड्न लागेका हुन् ।एनआईसी एशिया बैंकको अवस्था अत्यन्त नाजुक छ, त्यसमापनि सिइओ रोशनकुमार न्यौपानेले कर्मचारीप्रति गर्ने ब्यवहार ज्यादै तल्लो स्तरको छ । जसले गर्दा कर्मचारीले धमाधम बैंक छाड्न थालेका छन् । तल्लो तहका कर्मचारीले जागिर छाडेको त थाहा थियो तर यसरि उच्च ब्यवस्थापनका कर्मचारीले बैंक छाडेको भने यो पहिलोचाटि हो । यसले बैंकको साख अझै गिर्ने देखिन्छ उनले भने । त्यस्तै, खनिया केहिदिनदेख

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 386 पटक पढिएको
  • राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

    काठमाडौं । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिएका थिए ।बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन १४ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ ।

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 493 पटक पढिएको
  • खस्किदो गतिमा एनआइसी एशियाका बैक: डेपुटी सीईओ पाण्डेले छाडे बैंक

    काठमाडौं । एनआइसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले अन्तत: बैंक छाडेका छन् ।पाण्डेको राजीनामा फागुन ९ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंक छोड्न पाउं भनि दिएको राजीनामा स्वीकृत गरेको हो । यद्यपी पाण्डेको राजीनामा स्वीकृत भएको बिषय भने गुपचुप राखिएको बैंकका एक कर्मचारीले अनलाइनपानालाई बताए । पाण्डेले गत माघ २४ गते बुधबार नै बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका थिए ।उनले राजीनामा दिएको समाचार बाहिरिएपछि बैंकले ड्यामेज कन्ट्रोल गर्न केहिसमयका लागि राजीनामा अस्विकृत गरेको नाटक मञ्चन गर्‍यो । पाण्डेले नेपाल रास्ट्र बैंक, बैंकको संचा

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 556 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 328 पटक पढिएको
  • सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृहको निर्देशन

    काठमाडौँ ।  गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए । उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए ।त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 200 पटक पढिएको
  • नेपाल-भारत बोर्डरमा कडाइ, लाखौंको समान बरामद

    सर्लाही  । धनुषामा सशस्त्र प्रहरीले नेपाल-भारत सीमामा कडाई गरेको छ । धनुषाको नयाँ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा दर्शन गिरी आएलगत्तै सशस्त्र प्रहरीले अवैधरुपमा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न सामग्रीहरुमा कडाई गरेको हो ।सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारी गरी आवतजावतमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति एसपी गिरीले नेतृत्व सम्हाले पछि अवैध चोरी पैठारीमा कडाइ गरिएको जनाइएको छ । सीमावर्ती क्षेत्रमा कडाई भएसँगै तीन दिनमा १० लाख २० हजार रुपैयाँ मूल्य बराबरको तस्करीका अवैध सामग्रीहरु बरामद गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।बरामद गर

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 301 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.