समाचार

    Showing 18,451-18,460 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 361 पटक पढिएको
  • अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु

    एजेन्शी  ।  अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ। जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा गएराति गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौ‌ पुरिएका छन्।अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो।डीडब्लूले हिन्दू कुश हिमालय श्रृङ्खलाको दक्षिण छेउमा पर्ने नरिस्तान प्रान्तको पहिरोमा परेकाहरुको उद्धार गर्न सहायता निकायको अभावले समस्यामा परेको बताएको छ।सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी बहिर्गमन तथा तालिवानको पुनरागमनसँगै विदेशी सहायताहरु घटेपछि अफगान

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 573 पटक पढिएको
  • मिटरब्याज पीडितहरू न्याय खोज्न काठमाडौं आउँदै

    काठमाण्डौ  ।  नेपालको पूर्वी र पश्चिमी क्षेत्रबाट सुरु भएको मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोली धादिङबाट काठमाडौंतर्फ अघि बढेको छ । तराईका २० जिल्ला र भित्री मधेशका ८ जिल्लाका गरी २८ जिल्लाका पीडितहरू अहिले पैदलै हिँडेर न्याय खोज्न काठमाडौं हिँडेका हुन् ।लत्ताकपडा र झोला भिरेर सयौं किलोमिटरको राजमार्गमा पैदल यात्रा गरिरहेका मिटरब्याज र लघुवित्तपीडितले आफ्ना मागहरु पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको सर्लाहीकी ६६ वर्षीय इन्द्रदेवी लोहारले बताए ।तीन वर्षदेखि सरकारले आश्वासन द

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 532 पटक पढिएको
  • दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो

    काठमाडौँ  ।  दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज (मंगलवार) बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो।केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको थियो। यसअघि शुक्रवार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 384 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं  ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भूभा

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 210 पटक पढिएको
  • नेपाल प्रहरिले ५४२ किलो गाँजासहित २ ट्रक नियन्त्रणमा लियो

    काठमाण्डौ । नेपाल प्रहरिले चितवनमा ५४२ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिँदै दुईजनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षिय खुशिराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा सोमबार बिहान ८ बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा रोकी राखेकोले

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 219 पटक पढिएको
  • प्रजातन्त्र दिवसमा रिपोर्टिङ गर्न गएका पत्रकारलाई सैनिक मञ्चकाे गेटमै रोकियो

    काठमाडौँ । प्रजातन्त्र दिवसको रिपोर्टिङ गर्न टुँडिखेल पुगेका पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन।गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको पास देखाउँदा समेत सैनिकहरूले गेटमै रोकेका हुन् । विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको त्यहाँ उपस्थित पत्रकारहरूले बताएका छन् ।प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरीले प्रवेश नदिएको हो । गृह मन्त्रालयले आयोजना गरेको दिव

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 424 पटक पढिएको
  • सहज र आधुनिक माध्यमबाट सूचना प्रदान गर्नु राससको जिम्मेवारी; प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गरेका छन् । राससको ६३ औं वार्षिकोत्सवका उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्रीले सूचना-प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा नभएकाले राससले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस् भनी शुभकामना दिएका हुन् । ‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो । पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिङ्गो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरिसकेको छ ।’, सन्देशम

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 143 पटक पढिएको
  • आज निर्वाचन दिवस : प्रजातन्त्रसँग अभिन्नरुपमा जोडिएको बालिग मताधिकार

    काठमाडौँ । प्रजातन्त्र र निर्वाचन एकार्कामा अभिन्नरुपमा गाँसिएका छन् । विधिसम्मत्रुपमा जनताको अभिमतप्राप्त गरेका जनप्रतिनिधिले शासन गर्नु प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र हो भने आम मतदाताले निर्बाध र आवधिकरुपमा मताधिकार प्रयोग गर्न पाउनु निर्वाचन प्रक्रिया हो । सुखद संयोग नै मान्नुपर्छ-आज मुलुकले प्रजातन्त्र दिवससँगै निर्वाचन दिवस पनि मनाउँदैछ । नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको छ । यस वर्षको दिवसको नारा ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ रहेको छ ।नागरिकले आफ्ना प्रतिनिधिमार्फत शासनमा सहभागिता जनाउने,

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 169 पटक पढिएको
  • जन्ती बोकेको जिप दुर्घटना : दुई जनाको मृत्यु, १६ घाइते

    काठमाण्डौ  ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • 229 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.