समाचार

    Showing 18,491-18,500 of 26,731 items.
  • चोरी गरेका सामान सहित, पाँच भारतीय पक्राउ

    काठमाडौं। काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ।पिडितको जाहेरिका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो। चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरिएको होत्यसअघि अभियुक्तहरूले काठमाडौंको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट चोरेको सुन तथा नगद गरी रु २५ लाख ब

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 179 पटक पढिएको
  • माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

    काठमाडौं  । नेकपा माओवादी केन्द्र १ सय ९९ सदस्यीय हुने भएको छ। काठमाडौँमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन्।उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो। केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि ‘प्रचण्ड’ले बैठकलाई गराएका छन्। बैठकमा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्ने प्रस्ताव आएको थियो तर प

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 183 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण; १२ जना कर्मचारी र भूमाफिया दोषी ठहर, नेताले पाए सफाइ

    काठमाडौं  । ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले १२ जनालाई दोषी ठहर्‍याएको छ।बिहीबार अदालतको आदेश सार्वजनिक गर्दै प्रवक्ता धनबहादुर कार्कीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको जानकारी दिए। विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो। त्यस्तै कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि दोषी ठहर भएका छन्। उनीहरुलाई २ वर्ष कैद सजाय तोकिएको छ। त्यस्तै ९ करोड रुपैयाँ

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 207 पटक पढिएको
  • राप्रपाको आन्दोलन ओलीलाई प्रधानमन्त्री बनाउन हो : दुर्गा प्रसाइ

    काठमाण्डौ । राप्रपाले गर्न लागेको आन्दोलनमा एमाले अध्यक्ष केपी शर्माको स्वार्थ रहेको रहेको मेडिकल व्यवसायी र नागरिक बचाउ महाअभियानका संयोनक दुर्गा प्रसाईले आरोप लगाएका छन्। प्रसाईले राप्रपाले गर्ने भनिएको आन्दोलन एमालेलाई सत्ता ल्याएर ओली प्रधानमन्त्री बनाउन लागि भएको बताएका छन्।राप्रपालाई जनताले पत्याउन छाडेपछि फेरी जनता झुक्याउन राजतन्त्र र हिन्दु राष्ट्रको भ्रम फयाल्न थालेका छन्। राप्रपाले १७ वर्ष सत्ताका लागि राजनीतिक गर्दा राजतन्त्र र हिन्दु राष्ट्रको नाम बेचेर खाएको प्रसाईको आरोप छ। अहिले एमालेले सरकारविरुद्ध आन्दोलन गर्दा सहयोग गर्छु भनेका कारण राप्रपा आन्दोलनमा होमिन लागेको हो। राप्रपा

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 157 पटक पढिएको
  • ललिता निवास प्रकरणः मिनबहादुर गुरुङलाई दुई वर्ष कैद र जरिवाना

    काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनिका सञ्चालक मिन बहादुर गुरुङलाई दुई वर्ष कैद र बिगो बराबरको जरिवाना तिराउने भएको छ ।विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 249 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर

    काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा घोटालामा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सो फैसला सुनाएको हो । त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।१२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतले २३ दिनलगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाई गरी आज अन्तिम फैसला सुनाएको हो ।यस मुद्दामा १ सय ७५ जना प्रतिवादी थिए । तीमध्ये ११० जनालाई सजाय माग गरिएको छ भने ६५ जनालाई जग्गा जफत गर्ने

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 255 पटक पढिएको
  • बस दुर्घटना हुँदा १० जनाको मृत्यु, कम्तीमा ३० जना घाइते

    काठमाण्डौ  । बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।  मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।पौडेलका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो।घाइतेमध्ये ९ जनालाई उपचा

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 379 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरणको फैसला आज सुनाइने

    काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला बिहीबार(आज) मात्रै सुनाउने भएको छ । बुधबारनै फैसला सुनाउने तयारी गरे पनि समय अभाव भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबार(आज) फैसला सुनाइने भएको हो ।फैसला सुन्न प्रतिवादी र उनीहरुका वकिल विशेष अदालतमा उपस्थित भए पनि अदालतले समय अभाव देखाउँदै आजका लागि सारेको हो ।ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, ३ जना पूर्वमन्त्री, अख्तियारका तत्कालिन प्रमुखसहित त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी, जग्गाधनी र जग्गा खरि

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 207 पटक पढिएको
  • पेस्तोलसहित दुईजना पक्राउ

    काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१३ का अजय अहिर र कमल चौधरी पक्राउ परेका हुन् ।अजयले लगाएको पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालतबाट हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 184 पटक पढिएको
  • स्कारपियोले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    काठमाण्डौ । दाङमा भएको सवारी दुर्घटनामा बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका–१ घर भएका दुई दिदीबहिनीको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार हाल राप्ती गाउँपालिका–८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बहिनी वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको हो ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कारपियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो ।मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । गाडी

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 246 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.