समाचार

    Showing 18,571-18,580 of 26,731 items.
  • अरुण चौधरीलाई आज जमानीमा रिहा गर्न आदेश, ठाकुर र थापा पनि छुट्ने

    काठमाडौं । काठमाडौँ जिल्ला अदालतले अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनीहरुलाई थप म्याद थपका लागि

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 274 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराई–मधेश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रद

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 211 पटक पढिएको
  • आरती साहको न्याय माग्न जादा आमा र भाइ नियन्त्रणमा

    काठमाडौं । आरती साहको न्यायका लागि महिनौँदेखि काठमाडौंमा आन्दोलन गरिरहेका आरती साहका आमा निर्मलादेवी साह र उनकै भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरू सोमबार बिनापास सिंहदरबार जान नाराजुलुस गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जान बिनापास सिंहदरबार गेट पुगेका थिए । त्यहाँ नारा लगाउँदा उनीहरू प्रहरीको नियन्त्रणमा परेका हुन् ।नियन्त्रणमा लिइएका उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । गएको जेठमा आरती श्रीमान् मोतीबाबु शाहको घर जनकपुरमा मृत फेला परेका थिए ।छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भन्द

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 244 पटक पढिएको
  • आगलागी हुदा दुई बालबालिकाको मृत्यु

    काठमाडौं  ।   मुगुको खत्याडमा गएराति ३ घरमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ। खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा गएराति १ बजेतिर आगलागी भएको थियो।आगलागीमा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल सञ्ज्याल र १२ वर्षीया छोरी झरना सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताए। दुवै बालबालिकाको शरिर आगोमा जलेर डल्लो अवस्थामा फेला परेको र लिङ्ग पहिचना गर्न नसकिएको प्रहरीले जनाएको छ।आगलागीबाट तीन दाजुभाइ लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रुपमा जलेको छ। गोठमा भित्र रहेका चौपायाको पनि जलेर मृत भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 333 पटक पढिएको
  • एनसेलले २० औँ वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमलाई शुभकामना

    काठमाडौँ । नेपाल टेलिकमलाई एनसेलले सफलताको शुभकामना दिएको छ । २० औँ वार्षिकोत्सवको अवसरमा एनसेलले शुभकामना दिएको छ । नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा अत्यन्तै हर्षित भएको एनसेलले जनाएको छ । 

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 312 पटक पढिएको
  • बालेनले भने कसैले पत्र लेख्दैमा धरहराको पार्किङ बन्द हुँदैन

    काठमाडौं   ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् । उद्घाटन भएको करिब तीन वर्ष हुँदा पनि धरहराको निर्माण सम्पन्न नभएको भन्दै उनले निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यसलाई भ्रष्टाचारभित्रै राख्न प्रस्ताव गरेका हुन् ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्ष अगाडि धरहराको उद्घाटन गरेका थिए । तर यसको निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन । मेयर बालेनले साेमबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै भने धरहरको अन्डरग्राउन्ड

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 405 पटक पढिएको
  • कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

    काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिका प्रमुखले आफूखुसी त्यस्ता पदाधिकारी नियुक्त गर्दै आएका छन् ।संविधानमा जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुन प्रदेश सरकारले बनाउने उल्लेख छ । जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले बनाएको कुनै पनि कानुनमा स्वकीय सचिव र सल्लाहकार राख्न पाउने व्यवस्था छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिध

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 238 पटक पढिएको
  • क्यान्सर बिरामीलाई वायुसेवा निगमको जहाजमा छुट

    काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई हवाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिइरहेको छ । यस्तो सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको छ ।निगमको यस सेवा मार्फत गत वर्ष सन् २०२३ मा ७७० जना यात्रुले छुट सुविधा उपभोग गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । यसै सन्दर्भमा ४ फेब्रुअरी, विश्व अर्वुदरोग दिवस (वर्ल्ड क्यान्सर डे) को सन्दर्भमा ‘रोग

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 196 पटक पढिएको
  • ठमेलमा पर्यटक मृत फेला

    काठमाडौँ  ।   काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन्।मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए । निजलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइको ढुङ्गेलले जानकारी दिए । घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 211 पटक पढिएको
  • बूढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढ्छ; प्रधानमन्त्री दाहाल

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ-आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा ज

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 256 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.