समाचार

    Showing 18,581-18,590 of 26,731 items.
  • बालकुमारी घटनामा जाँचबुझ आयोगको म्याद १५ दिन थपियो

    काठमाडौँ । ललितपुरको बालकुमारीमा हालै भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ ।बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुई जनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो। उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषद्द्वारा पुस १६ गते गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृहमन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए।समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम सम्पन्न नभएकाले म्याद थपिएको हो । उक्त घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 237 पटक पढिएको
  • बैंक विरुद्ध प्रश्न गर्दै उभिए जनताको पक्षमा केपी ओली

    काठमाडौं ।  बैंकहरुले नराम्रो नमान्नु होला । मिटर ब्याजी त बैंकहरु पनि मिटर ब्याजी नै हुन् नी । बैंक मिटर ब्याजी होइन र ? तीन महिनामा साँवामा गाभ्ने ? अनि त्यहि त हो नी मिटर ब्याजी भनेको । त्यसकारण अहिले बैंक पनि मिटर ब्याजी भएका छन् । तीन तीन महिनामा साँवामा गाभ्ने ? तिर्नेले तिर्नु पनि त पर्छ होला नी । तिर्नेले त्यसबाट प्रतिफल लिएर तिर्ने होला नी । ऋणीले लगानी गरेर त्यसको प्रतिफल आउनु पनि त पर्ला नी ।प्रतिफल आउनै नसक्ने गरि असुल्ने ? किन केहि बर्षभित्र डबल कसरी हुन्छ ? अनि अरुले नकमााउने, बैंकले कमाउने, यसरी नी कमाउने उसरी नै बैंकले नै कमाउने ? यो तरिका अलिकति बैंकहरुको पनि भए

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 291 पटक पढिएको
  • इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

    काठमाडौं  ।   मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन्। भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडपछि उनी बाहिरिएकी हुन्।मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफू इण्डियन आइडलबाट बाहिरिएको बताएकी छन्। ‘आजबाट इण्डियन आइडलको मेरो यात्रा सकिएको छ। तर मेरो जीवनको सांगीतिक यात्रा भने भर्खर सुरु भएको छ। म पहिलाभन्दा सक्रिय रहेर गायन र प्रस्तुतिमार्फत सबैलाई अझै मनोरञ्जन दिनेछु। ईन्डियन आइडल सिजन १४ को टप १० सम्म पुर्याउन साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। यो मेरो सुरुवात हो, समाप्ती होइन। अहिलेको लागी ईन्डियन आइडलबाट बिदा माग्न चाह

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 184 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 197 पटक पढिएको
  • तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

    काठमाडौ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।अदालतले आज सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोवमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ जरिवाना हुने फैसला गरेको हो । सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै आज सजाय निर्धारणका लागि पेशी तोकेको थियो । निजकी श्रीमती सृृजना शाक्य ता

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 265 पटक पढिएको
  • अधिवेशनमा कुटाकुट भएको बिषयलाइ लिएर ओलीले नेतालाई बोलाए काठमाडौँ

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटी धादिङको अधिवेशनमा भएको विवाद समाधान गर्न प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई काठमाडौँ बोलाएका छन् । अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौँ बोलाएपछि सोमबार बिहान ८ बजेसम्म प्रतिनिधिहरुलाई अधिवेशनस्थलमै बस्न भनेर नेताहरु काठमाडौँ हिँडेका छन् ।अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बरालसहित प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमति प्रदेशका सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुलाई काठमाडौँ बोलाएका हुन् ।खासगरी एमाले धादिङमा हालका अध्यक्ष भू

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 196 पटक पढिएको
  • अर्थ मन्त्रालयले गर्यो सहसचिवहरूको सरुवा

    काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ । अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार शुक्रवार राति अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरुवा गरेका हुन् ।अर्थ मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको रूपमा सरुवा गरिएको छ । त्यसै गरी आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पठाइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । उनको स्थानमा सेवन्तक पोखरेललाई पठाइएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख महेश आचा

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 177 पटक पढिएको
  • सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

    मोरङ ।  मोरङको रंगेलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार दिउसो ३ बजेको समयमा मोरङको रंगेली नगरपालिका-३ आनन्द ईटा भट्टामा को १ त ८५७८ नंम्बर को ट्याक्ट्ररले माटो बोक्ने क्रममा सोही भट्टाका मजदुर भारतको कुच बिहार बंगाल बस्ने ५५ वर्षिय बिसन्दु मियालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो । ट्याक्टर, चालक स्थानिय २१ वर्षिय बिवस मुर्मु इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रण रहेको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 531 पटक पढिएको
  • सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

    काठमाण्डौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका छन्। उनको देब्रे पाखुरामा गोली लागेको छ।विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन्। उनको देब्रे हातको केही भाग काटिएको छ। पसल बन्द गरेर फर्केको समय भएकोले लुटेरा हुनसक्ने आशंका गरिएको छ।गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 505 पटक पढिएको
  • पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात

    बिर्तामोड ।  पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ ।कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा सबैभन्दा बढी रु एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।कार्यालयको तथ्याङ्कअनुसार रु ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची, रु ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजा

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.