समाचार

    Showing 18,591-18,600 of 26,731 items.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट पाण्डे हटाइए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेको सरुवा भएको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई पाण्डेको ठाउँमा पठाएका हुन् । पाण्डेलाई अर्थ मन्त्रालयमा तानिएको स्रोतले बताएको छ ।पाण्डेले ६ महिनाअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 430 पटक पढिएको
  • कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

    काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गरेपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा सरकारल

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 403 पटक पढिएको
  • ४३ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौं । ४३ अधिकृतहरू उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) लाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो ।ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बिहीवार सिंहदरवारमा बसेको बैठकले ती अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 500 पटक पढिएको
  • भ्रष्टाचारविरुद्धको अभियानमा सम्झौता गर्दिन; उपप्रधानमन्त्री

    काठमाण्डौ  ।  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन् ।पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।उपप्रधानमन्त्री श्रेष्ठले भने, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरू कुनै अवाञ्छित चलखेलका आधारमा सरकारल

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 343 पटक पढिएको
  • देश निर्माणमा युवाहरु समर्पित हुन पर्छ; अध्यक्ष ओली

    काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गरेका छन । एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित ‘युवा महोत्सव’मा उनले देश निर्माणका लागि युवाको सहभागिताको आवश्यकता औँल्याउदै देशलाई प्रेम गर्न समेत आग्रह गरे । “आफनो देशलाई माया गरौँ । म भाईबहिनीहरुलाई भन्न चाहन्छु कुनै पनि देश अर्काले आएर बनाइदिन्न, आफैले बनाउनुपर्छ”, अध्यक्ष ओलीले भने ।उनले देशमा विद्यमान समस्या समाधानका लागि युवाको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे । “हाम्रा अघि समस्या छन्, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यो समस्यास

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 177 पटक पढिएको
  • सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

    काठमाण्डौ  । सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो ।मकालु-३  नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइते केसीको उपचारका लागि जिल

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 208 पटक पढिएको
  • लागूऔषधसहित एकै परिवारका तीन जना पक्राउ

    सिरहा । विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडामा डेरा गरी बस्ने ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोद र २५ वर्षीय राकेशलाई नियन्त्रणमा लिएको हो ।विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।प्रहरीले उनीहरूको

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 187 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली  र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 261 पटक पढिएको
  • माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।माओवादी केन्द्रले सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान गरेको हो।उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ।

    • प्रकाशित मितिः माघ २०, २०८०
    • 188 पटक पढिएको
  • उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री दाहालले अबलोकन गरे

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको जलजले पुगी आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् ।प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए । अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट

    • प्रकाशित मितिः माघ २०, २०८०
    • 251 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.