समाचार

    Showing 18,631-18,640 of 26,731 items.
  • अध्यागमन अधिकृतलाई विभागीय कारबाही, असईलाई निलम्बन गर्न सिफारिस

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक(असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न भनेको छ । छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालय फिर्ता बोलाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्यसैगरी सिसिटिभी फुटेज हेर्न जाँदा भएको घटनामा उपस्थित रहेका डिएसपीलाई पनि अनुशासन सम्बन्धी कारवाहीको लागि स

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 273 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 588 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौँ ।  सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । बुधवार बसेको निगम सञ्चालक समितिको निर्णय अनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 228 पटक पढिएको
  • कोरिया पठाइदिने भन्दै युवाबाट संकलित रकम फिर्ता

    फिक्कल । मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ। कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो।त्यसबारे उजुरी परेपछि इलाम जिल्ला प्रशासनले छानबिन गरेको थियो। प्रशासन कार्यालयका अनुसार उक्त ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो। तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको प

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 223 पटक पढिएको
  • नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारीले बंगलादेशको ५ वटै विकेट झारेका थिए । बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे । त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 129 पटक पढिएको
  • नेम्बाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगियो

    ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिँदै छ । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आउनुभएका उनि अचानक बिरामी परेका थिए ।सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिएका छन । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताएका छन ।पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन । उनि आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङला

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 216 पटक पढिएको
  • आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो ।आगामी आवका लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ) तोक्नुअघि मन्त्रालयसँग छलफल गरिएको योजना आयोगका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिए । “आगामी आवको बजेट सिलिङ तोक्नुअघि विभिन्न विषयगत मन्त्रालयसँग छलफल थालिएको छ । कुन मन्त्रालयले केकस्ता योजना र कार्यक्रम कार्यान्वयनका लागि केकति बजेट आवश्यक छ भन्नेलगायतका विषयमा छलफल भएको हो”, उनले भने, “बजेटलाई यथार्थपरक र कार्यान्वयन योग्य बनाउनका लागि स्रोत अनुमान गर्ने र सिलिङ तोक

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 177 पटक पढिएको
  • नेप्से परिसूचकमा २१.६७ अङ्कको गिरावट

    काठमाडौं ।  यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ०४ प्रतिशतले घटेको छ ।सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 243 पटक पढिएको
  • राजश्व छली आरोपमा चार जना सुनचाँदी व्यवसायी पक्राउ, व्यापारीहरू आन्दोलित

    सर्लाहि । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको । चारै जनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्टी बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर बिरोध प्रदर्शनमा उत्रिका छन् । कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 284 पटक पढिएको
  • माघ २२ गते देशभर फिल्म हल बन्द

    काठमाडौँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ ।सङ्घका महासचिव नरेन्द्र महर्जनले मूल्य अभिवृद्धि बाहेकका अन्य अव्यावहारिक कर खारेजीको माग गर्दै आन्दोलनस्वरूप उक्त एक दिन नेपालभर कुनै पनि चलचित्र भवन सञ्चालन नगर्ने निर्णय गरिएको बताए ।‘विभिन्न करका नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य भएका छौँ । हाम्रो व्यवसाय नहुँदा हामीलाई अप्ठ्यारो परेको छ’, महासचिव महर्जनले भने, ‘मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत चलचित्र विका

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 385 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.