समाचार

    Showing 18,641-18,650 of 25,026 items.
  • जग्गाको कित्ताकाट फुकुवा

    काठमाडौं   ।     सरकारले केही समयदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कित्ताकाट फूकुवा गर्ने बताएका हुन्। घरजग्गा कारोबारलाई विस्तार गर्न कित्ताकाट फुकुवा गर्ने उनले बताए।घरजग्गाको खरिदबिक्रीलाई परदर्शी र यथार्थपरक बनाउन आगामी वर्ष महानगरपालिका र उपमहानगरपालिकाबाट भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याउने उनले बताए।सरकारले भूमि व्यवस्था मन्त्रालयलाई ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 331 पटक पढिएको
  • टुँडीखेलमा विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाउँदै

    काठमाण्डौ   ।    आज जेठ १५ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडीखेल)मा बज बिहानै विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाइएको छ ।पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका पदाधिकारी उपस्थित थिए।यो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै र सुरक्षाकर्मीले कवा

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 168 पटक पढिएको
  • एमाले अध्यक्ष केपि ओलिबाट गणतन्त्र दिवशमा शुभकामना सन्देश

    काठमाण्डौ    ।    नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिवी र पछौटेपनविरुद्धको लडाइँ जित्नुपर्ने बताएका छन् ।  १६औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताएका हुन् ।  ´गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिवी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 230 पटक पढिएको
  • रेशम चौधरी जेलबाट छुटे

    काठमाण्डौ   ।    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्।राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका हुन्।  डिल्लीबजार कारागारबाट उनी सोमवार बिहान छुटेका हुन्। उनलाई लिन समर्थक र आफन्त  फुलमालाका साथ कारागार पुगेका थिए। टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार आम माफी दिएपछि उनी रिहा भएका हुन्। राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन्। टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 322 पटक पढिएको
  • नेपाली कांग्रेसका सभापति देउवाबाट गणतन्त्र दिवशमा शुभकामना सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताए । सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन्

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 151 पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीबाट गणतन्त्र दिवशमा शुभकामना सन्देश

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सार्वभौम नेपाली जनताले यो ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइरहेको तथ्य उल्लेख गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।विभिन्न आन्दोलनमा घाइते, अपाङ्गता तथा बेपत्ता योद्धाहरूप्रति

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 159 पटक पढिएको
  • सभामुख देवराज घिमिरेबाट गणतन्त्र दिवशमा शुभकामना सन्देश

    काठमाडौं । सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गरेका छन् ।गणतन्त्र दिवस–२०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेकाका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता रहेको उल्लेख गरेका छन् ।उनले भनेका छन्, “हाम्रा आन्दोलनले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ, नागरिकका विकासका चाहना, समृद्धिका अपेक्षा र सेवा प्रवाहका लाग

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 206 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डबाट गणतन्त्र दिवशमा शुभकामना सन्देश

     काठमाडौं    ।     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधार

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 323 पटक पढिएको
  • बाँकेको नरैनापुरमा ११ घर आगलागि

    नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा आइतबार आगलागी भएको छ ।आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए  ।आगलागीका कारण रु १७ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताए ।दिउँसो १

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 178 पटक पढिएको
  • राष्ट्रपति पौडेलबाट गणतन्त्र दिवशमा शुभकामना सन्देश

    काठमाडौं   ।    राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन्।सन्देशमा भ

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 174 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.