काठमाडौँ । मङ्लबार (आज) देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ पाँच बजेसम्म खुल्ने भएका छन् ।सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
काठमाडौँ । मन्त्रिपरिषद्ले मिटरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको छ ।अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद सकिएसँगै मन्त्रिपरिषद्ले फर्स्योट हुन बाँकी उजुरी र नयाँ उजुरीबारे अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई मिटरब्याज सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सर्कुलर गरेको हो ।गृह मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्ले पास गरेसँगै प्रहरीले सो जिम्मेवारी पाएको हो । मिटरब्याज सम्बन्धी उजुरीमा प्रहरीले ‘मिलापत्र’ पनि गराउन सक्ने व्यवस्था कार्यविधिमा भएको बताइएको छ ।जिल्ला प्र
काठमाडौं । एनसेल शेयर खरिद–विक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन बुझाएको छ । समितिले २ महिना लामो अध्ययन र छानविनपछि प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।उक्त समितिको संयोजक पूर्व लेखापरीक्षक टंकमणि शर्मा रहेका थिए । सदस्यहरुमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए ।एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिई र प्रक्रिया समेत पुरा नगरी ८० प्रतिशत शेयर खरिद–विक्री गरेको र उक्त खरिद–विक्री अस्वभविक भएको भन्दै सरकारले छानविन समिति बनाएको थियो ।एनसेलले ८ करोड लगानी गरेर अहिलेसम्म
काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाले जानकारी बताएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक
काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाले जानकारी दिएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–
झापा । झापा गाैरादह ४ धरधरेका साेमबहादुर श्रेष्ठले सञ्चालन गरेकाे कुखुरा फर्ममा आगलागी भएको छ।पानी तान्ने कलमा जडान गरिएकाे विद्दुत सर्ट भइ आगलागी हुँदा ७ सय कुखुरा जलेर नष्ट भएका छन् । झापा गाैरादह ४ धरधरेका साेमबहादुर श्रेष्ठले सञ्चालन गरेकाे कुखुरा फर्ममा आगलागी हुँदा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे छ। आइतबार साँझ भएकाे घट्नाबाट कुखुराकाे दाना लगायत गरी अन्दाजी १० लाख मूल्य बराबरकाे क्षति भएकाे प्रहरीले बताएकाे छ । आागलागीबाट मानविय क्षति नभएकाे साथै स्थानीयवासी, प्रहरी, दमकलले आगो नियन्त्रणमा लिएकाे प्रहरीले लिएकाे छ ।
झापा । झापाबाट हिडेको बस पथरिमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।काकडभिट्टाबाट भरतपुर हिँडेको ना. ६ ख. ४११ नम्बरको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन्।झापा काकडभिट्टाबाट हिडेको बस मोरङको पथरी शनिश्चरे महेन्द्र राजामार्गमा आइतबार राती करिब ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन ।
हेटौडा । भरतपुर वडा नम्बर ३ र ४ को सिमानामा पर्ने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण गर्ने कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको उद्घाटन गरिन।भरतपुर महानगरपालिकाको गौरवको आयोजना समावेश भएको पुङ्गी खोला सौन्दर्यकरणको पहिलो चरणको निर्माण कार्य नारायणी र पुङ्गी खोलाको दोभानबाट सुरु भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले पुङ्गी र केरुङ् ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताइन।भरतपुरलाई सुन्दर र हेर्न लायक सहर बनाउने उद्देश्यअनुसार यी दुई खोलालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको प्रमुख दाहाल
जनकपुर । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।अन्दाजी ५५/५६ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
झापा । माया पुलामी मगर माघ ८ गते बिहान करिब ६ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ६, बिहानी टोलस्थित बिग ब्रदर व्याडमिण्टन हलको ढोका छेउमा मृत फेला परेकी थिइन् ।इलामको माई नगरपालिका माइती घर भई बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा डेरा गरि बस्ने माया पुलामी मगर शारीरिक सम्पर्क अस्वीकार गर्दा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न एक जनालाई पक्राउ गरी आइतबार इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरेको छ ।प्रहरीले बिर्तामोड नगरपालिका वडा नम्बर ८ का ४६ बर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो । शनिबार बिर्तामोड–५, हर्कलाल मार्गस्थित ए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.