समाचार

    Showing 18,881-18,890 of 26,731 items.
  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी

    काठमाडाैँ । जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।यसैवीच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ। भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएकोे छ । भवन भत्किँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 171 पटक पढिएको
  • ढुङ्गा प्रहार गरेर १ जनाको हत्या, २ घाइते

    काठमाण्डौ । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए ।मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गर

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 338 पटक पढिएको
  • गाँजासहित एक जना पक्राउ

    काठमाण्डौ । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार छ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा रु ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइए

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 378 पटक पढिएको
  • सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा आदेश थप

    सर्लाही । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा आदेश थप गरेको छ। स्थानीय अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर शुक्रवार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रवार साँझदेखि बरहथवा नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको थियो। शनिबार(आज) बिहान ८:०० बजेसम्म जारी गरिएको निषेधाज्ञा आदेश  आज पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। आज बिहान ८:०० बजेदेखि आइतबार बिहान ८:०० बजेसम्मको लागि  निषेधाज्ञा आदेश थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ। श

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 430 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच क्षेत्र विस्तार

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ । “अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ”, महाप्रबन्धक तिवारीले भने ।आन्तरिक आगमनतर्फ एक मात्र ‘ब्यागेज बेल्ट’ रहेकामा छुट्टै दुई बेल्टसहित फराकिलो आगमन टर्मिनल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको विमानस्थल कार्यालयले जनाएको छ । योसँगै अन्तर्

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 348 पटक पढिएको
  • गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २२ हजार ६०० पुग्यो

    एजेन्शी । इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्।गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका छन् ।यसैबीच इजरायली सेनाले शुक्रबार “मानवीय कारणका लागि” भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल-सुल

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 281 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो कोशी र मधेश प्रदेश लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।महाशाखाले तराईमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव

    • प्रकाशित मितिः पुस २१, २०८०
    • 220 पटक पढिएको
  • झापामा तिरिङको पाटापुर नाकाबाट लाखौको कपडा बरामत

    झापा । झापा जिल्लाका सीमा क्षेत्रबाट तस्करी भइरहेको बिहिबार राती ठूलो परिमाणमा कपडा शसस्त्र प्रहरिले नियन्त्रणमा लिएसगै घटनाको खुलासा भएको छ। भन्सार छलेर ल्याइएको अवैध कपडा शसस्त्र  प्रहरीले  बिहिबार राति बरामद गरेको छ । शसस्त्र प्रहरी तिरिङ बिओपिको टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा तिरिङको पाटापुर नाकाबाट रु. १५ लाख ६३ हजार बराबरको कपडा बरामद गरेको हो ।  झापाको बिभिन्न नाकाबाट भन्सार छलेर तस्करी भइरहेको सूचना पाए सगै सशस्त्र प्रहरि तिरिङ बिओपिले पाटापुरबाट सो कपडा बरामत गर्न सफल भएको  बताएको छ। रु.

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 2,974 पटक पढिएको
  • सर्लाहीमा प्रहरीले गोली चलाउदा एक आन्दोलनकारीको मृत्यु, बरहथवामा कर्फ्यु

    सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु हुनुको साथै प्रहरीसहित ८ जना घाइते भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।अस्पतालको बिषयलाई लिएर बरहथवा नगरपालिकामा भएको आन्दोलनकाे क्रममा उत्पन्न विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएकाे गाेली लागि साहको मृत्यु भएको हो। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गाेली प्रहार गर्नुकाे साथै एक दर्जन भन्दा बढि टियरग्यास प्रहार गरेका छन् ।सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशको मातहत गाभ्नुपर्ने माग राख्द्रै नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका नेता एवं कार्यकर्ताहरुको मागलाई बरहथवा नगरप

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 516 पटक पढिएको
  • झापामा तिरिङको पाटापुर नाकाबाट रु. १५ लाख ६३ हजारको कपडा बरामद

    झापा । झापा जिल्लाका सीमा क्षेत्रबाट तस्करी भइरहेको बिहिबार राती ठूलो परिमाणमा लत्तकपडा शसस्त्र प्रहरिले नियन्त्रणमा लिएसगै घटनाको खुलासा भएको छ। भन्सार छलेर ल्याइएको अवैध कपडा शसस्त्र  प्रहरीले  बिहिबार राति बरामद गरेको छ । शसस्त्र प्रहरी तिरिङ बिओपिको टोलीले विशेष सुचनाको आधारमा भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा तिरिङको पाटापुर नाकाबाट रु. १५ लाख ६३ हजार बराबरको कपडा बरामद गरेको हो ।  झापाको बिभिन्न नाकाबाट भन्सार छलेर तस्करी भइरहेको सूचना पाए सगै सशस्त्र प्रहरि तिरिङ बिओपिले पाटापुरबाट सो कपडा बरामत गर्न सफल भएको  बताएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 1,381 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.