सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा आदेश थप

414 Shares
alt

सर्लाही । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा आदेश थप गरेको छ। 

स्थानीय अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर शुक्रवार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रवार साँझदेखि बरहथवा नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको थियो। शनिबार(आज) बिहान ८:०० बजेसम्म जारी गरिएको निषेधाज्ञा आदेश  आज पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। 

आज बिहान ८:०० बजेदेखि आइतबार बिहान ८:०० बजेसम्मको लागि  निषेधाज्ञा आदेश थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ। 

शुक्रवार दिउँसो झडपपछि प्रहरीले चलाएको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ज्यान गुमाएका साहको शव अहिले पनि घटनास्थलमै छ। स्थानीयले भने निषेधाज्ञा आदेश उल्लङ्घन गर्दै आज बिहानैदेखि पुनः बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्।

गुप्तचर खबर — नेपालको विश्वसनीय अनलाइन समाचार पोर्टल। ताजा खबर, विश्लेषण र अपडेटका लागि हामीसँग जोडिनुहोस्।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.