काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्य
काठमाण्डौ । २०८० असाेज १६ गते राति बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्साले फेला पारेकाे छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोकस्थित सडक खण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा रू. ७७,३६,०५७।- बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिएकाे छ । यो ट्रक प्रहरिले नियन्त्रणमा लिएसङै बिरगन्ज भन्सारबा
सर्लाही । देशको राजधानीसँग सडकमार्गबाट छोटो दूरी भएकोले तस्करहरूको पहिलो रोजाइ मधेश प्रदेश पर्ने भएको छ । मधेश प्रदेशका सबै जिल्लाका नाका तस्करिका लागि खोलेको इटहरी राजस्व अनुसन्धान कार्यालयले तीन पटक ठूलो - ठुलो परिमाणमा तस्करिको कपडा बरामत गरेपछी पुष्टि भएको छ । एक तस्करले बताएअनुसार मधेस प्रदेशको बिभिन्न जिल्लाका नाकाहरुबाट कपडा, काजु, मसला, दाल, हार्डवेयर र इलेक्ट्रोनिक्सका सामानहरूको खुलेआम लाइन खोलिएको छ ।तस्करहरुसँग महिनावारी असुल्न मधेस प्रदेश कार्यालयले नै तीन जना प्रहरीलाई प्रदेशभर परिचालन गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार हवल्दार राजेश पटेल, राजेश यादव र
भरतपुर । नारायण्गढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको वीङ्गर गैँडाकोट नगरपालिका वडा नं. १२ स्थित राजमार्गमा साँझ पौने ६ वजे नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ । दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।१५ जना यात्रु बोकेर बुटवलका लागि छुटेको माइक्रो आफै अनियन्त्रीत भै दुर्घटनामा परेको प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिएका छन ।दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको गैँडाकोट नगर अस्पतालमा उपचार भैरहेको छ भने अन्य १० जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।घाइतेहरुको नामावली आउन बाकी छ ।
काठमाडौं । नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकै पटक सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ५,९३८ प्रहरी जवानको सरुवा गरेको छ ।आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।हेर्नुस् सूची
काठमाण्डौ । कञ्चनपुरबाट चार लाख ३८ हजार मुल्य बराबरका अबैध सामान बरामद गरिएको छ।भीमदत्त नगरपालिका–८ तिलाचौरबाट भन्सार छलीका करिब १ लाख ३८ हजार मुल्य बराबरका बिडी र भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट करिब ३ लाख मुल्य बराबरका कपडा, चप्पल लगायत गरी चार लाख ३८ हजारका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा ती सामान बरामद गरेको हो।
काठमाडौँ । भारतबाट अवैध रूपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो ।भारतबाट अवैध रूपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहा र बोर्डर आउट पोस्ट (विओपी) गडिगदियाबाट खटिएको टोलीले ७८ पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।स्थानीय बासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न सकेको छैन ।&
काठमाडौं । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु आदेश जारी गरेको छ ।सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।नेपालगञ्जमा आइतबार मुस्लिमहरुले प्रदर्शन गरेका थिए भने मंगलबार हिन्दु समुदायले शक्ति प्रदर्शन गरेको छ । त्यसअघि मंगलबार नै जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन अपिल गर्दै सद्भाव र्याली निकालेको थियो ।नेपालगन्जमा केही दिनयता हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव बिग्रँद
काठमाण्डौ । बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेका छन।मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ ठमेल स्थित ज्याठाबाट प्रहरीले अवैध हुण्डीको १० लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् । ब.९१ प ९९५८ नम्बरको स्कुटरमा ज्याठाबाट सञ्चयकोषतर्फ जाँदै गरेका उनले स्कुटरको डिकीमा लुकाएको अवस्थामा प्रहरीले नगद बरामद गरेको हो । उनीमाथि कारबाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.