समाचार

    Showing 20,091-20,100 of 26,731 items.
  • तमोर नदिले बगाएर दुई जना बेपत्ता

    झापा / धनकुटाको चौबिसे नगरपालिका- ५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • 330 पटक पढिएको
  • कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ

    काठमाडौँ / उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा कास्कीमा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष राम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताए । वडाध्यक्ष गुरुङ बुधबार आफैं प्रहरीमा उपस्थित भएका हुन् । बुधबार आफूलाई कुटपिट गरेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा उजुरी दिएका थिए । उनीमाथि  कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले बताए । 

    • प्रकाशित मितिः असार २१, २०८०
    • 224 पटक पढिएको
  • फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट बिदा भइन् एलिजा

    काठमाडौं / अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरूप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन्  ' समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहो

    • प्रकाशित मितिः असार २१, २०८०
    • 335 पटक पढिएको
  • अफ्रिकामा नाइट्रेट अक्साइड ग्यास लिक हुँदा १६ जनाको मृत्यु

    एजेन्सी  / दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्यास लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो । स्थानीय अधिकारीहरूले नाइट्रेट अक्साइड ग्यास लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्यास लिक भइरहेको एक सिलिन्डर बरामद भएको छ । मृतकहरू सबै सोही क्षेत्रको एक सय मिटर वरपरको क्षेत्रका हुन् । अधिकारीहरूले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् । सो क्षेत्रमा उद्धारकर्ताहरुलाई तैनाथ गरिएको छ ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • 190 पटक पढिएको
  • नेपालगञ्जमा तीन वर्षदेखि कैद सजाय भोग्दै आएका गुप्ता मृत फेला

    झापा  / तीन वर्षदेखि कैद सजाय भोग्दै आएका एक बाँकेको नेपालगञ्जस्थित कारागारमा मृत फेला परेका छन् ।जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • 266 पटक पढिएको
  • ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ

    बिर्तामोड / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका- ३ का २४ वर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । यसै गरी  इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका- ८ का २५ वर्षीय सुवास कार्की, २५ वर्षीय लोकेश राई लेटाङ ९ का २० वर्षीय दिबाहाङ राई, २० वर्षीय पवन बाग्दान र २६ वर्षीय अभिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामा

    • प्रकाशित मितिः असार २१, २०८०
    • 307 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान  महाशाखाका अनुसार अहिले मुलुकभर आन्शिक बदली रहेको छ। कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो मुलुकभर पूर्ण बदली रहनेछ। केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।राति देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र

    • प्रकाशित मितिः असार २१, २०८०
    • 227 पटक पढिएको
  • पृथ्वीराजमार्ग अवरुद्ध

    काठमाडौं, २० असार । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ ।तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्त

    • प्रकाशित मितिः असार २०, २०८०
    • 128 पटक पढिएको
  • बर्षातका कारण तिन राजमार्ग पूर्णरुपमा अवरुद्ध

    काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । १३ वटा सडक एकतर्फी सन्चालनमा रहेको विभागले जनाएको छ ।विभागले अध्यावधिक गरेको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग पहिरो र बाढीका कारण अवरुद्ध छन् ।मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध रहेको विभागले तयार पारेको सूचीमा उल्लेख छ ।विभागले तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड, यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तक

    • प्रकाशित मितिः असार २०, २०८०
    • 366 पटक पढिएको
  • गायक तथा कलाकार रविन तामाङको निधन

    काठमाण्डौ  ।   गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ  ।  तामाङको निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको हो । उनका पारिवारिक सद्स्य भाई सन्तोष तामाङले उनको बूढानीलकण्ठस्थित घरमा निधन भएको बताएका हुन् । निधन हुनुको कारण भने खुलाईएको छैन ।तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले  चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् ।  साथै उनले  छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ फिल्महरुमा पनि अभिनय गरेका छन् ।

    • प्रकाशित मितिः असार २०, २०८०
    • 308 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.