एजेन्सी / दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्यास लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो । स्थानीय अधिकारीहरूले नाइट्रेट अक्साइड ग्यास लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।






































