समाचार

    Showing 20,191-20,200 of 26,731 items.
  • ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिजको निर्माण कार्य सुरु

    झापा  / असार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका थिए । सोमबारदेखि नै काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले बताए । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्मा

    • प्रकाशित मितिः असार ५, २०८०
    • 309 पटक पढिएको
  • पहिरोको उच्च जोखिममा पाँचथर जिल्ला

    झापा / पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो ।निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न कठिनाइ भएकोले दुई दिन विद्यालय बन्द गरिएको फिदिम नगरपालिका शिक्षा शाखा अधिकृत निर्मला दाहालले जानकारी दिइन् ।गएको शनिवार रातिदेखिको निरन्तर वर्षाले यी तीन पालिकामा बाढी तथा पहिरोको जोखिम बढेको हो । बर्खे बिदाबाट कटान हुने गरी दुई दिन विद्यालयमा बिदा दिइएको अधिकृत दाहालले बताए ।पहिरोका क

    • प्रकाशित मितिः असार ५, २०८०
    • 250 पटक पढिएको
  • ताप्लेजुङमा पहिरोमा परि शनिबारदेखि बेपत्ता भएका तीनजना अझै भेटिएनन्

    बिर्तामोड / गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खोजीकार्य जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो । चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्

    • प्रकाशित मितिः असार ५, २०८०
    • 229 पटक पढिएको
  • बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिने कोशी प्रदेशको निर्णय

    बिर्तामोड / कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । यस्तै प्रदेश सरकारले नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै बाढी पहिरोमा घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने पनि प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले

    • प्रकाशित मितिः असार ५, २०८०
    • 191 पटक पढिएको
  • पहिरोमा पुरिएर झापाका भुजेल सहित दुई जनाको मृत्यु , एक घाइते

    झापा / तनहुँको म्याग्दे गाउँपालिका- १ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका- ७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका- ७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए ।ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी -७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनक

    • प्रकाशित मितिः असार ५, २०८०
    • 264 पटक पढिएको
  • दार्चुलामा भूकम्पको धक्का महसुस

    झापा / दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • 211 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ   ।    हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीसहित देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।कोशी  र गण्डकी प्रदेशका केही स्थान तथा  बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रद

    • प्रकाशित मितिः असार ५, २०८०
    • 178 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले गरे बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि उनी सोमबार  दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एकको मृत्यु हुनुका साथै १८ जनाभन्दा बढी बेपत्ता भएका थिए  । प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । उनले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी सङ्घसंस्थालाई अपिलसमेत गरे । प्रधानमन्त्री

    • प्रकाशित मितिः असार ४, २०८०
    • 198 पटक पढिएको
  • बाढीपहिरोको कारण ज्यान गुमाउनेको संख्या ८ पुग्यो 

    झापा / पूर्वी नेपालको कोशी प्रदेशमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । कोशी प्रदेशको पहाडी भू -भागमा गएको बाढी पहिरोमा परेर गत शनिबारदेखि हालसम्म आठ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकाय र स्थानीयको सहयोगमा हराइरहेकाहरुको खोजी तथा उद्धार जारी छ । अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले खोजी तथा उद्धार कार्य प्रभावित भएको सुरक्षा निकायले जनाएका छन् ।हालसम्म ताप्लेजुङमा ३, पाँचथरमा २ र भोजपुर तथा संखुवासभामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा ५ पुरुष, २ महिला एक बालक रहेक

    • प्रकाशित मितिः असार ४, २०८०
    • 232 पटक पढिएको
  • नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित

    बिर्तामोड  / नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित भएका छन् । भट्टराई विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा रहदैँ आएका थिए । महासङ्घका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले  भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनित गरेका हुन् ।नेपाल किसान महासङ्घको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको अधिवेशन केन्द्रले तोकेकै समयमा सक्न जिम्मेवारी दिदै कोशी प्रदेश अध्यक्षमा भट्टराईलाई मनोनित गरिएको जनाइएको छ । 

    • प्रकाशित मितिः असार ४, २०८०
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.