समाचार

    Showing 21,361-21,370 of 25,186 items.
  • हराएको ४ दिन पछि मृत भेटिइन् ७ वर्षीया बालिका , बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का

    झापा / सुर्खेतमा गत ज्येष्ठ २१ गते हजुरआमासँग धारामा पानी लिन गएकी  बालिका बाटोमै हराएको ४ दिन पछि मकैबारीमा मृत भेटिएकी छिन् ।  गुर्भाकोट नगरपालिका- ५ की सात वर्षीया गृष्मा बिक घर मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएकी हुन् ।घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए । बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 100 पटक पढिएको
  • रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

    काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न सरकारसँग माग गरेको छ ।लोसपाका अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।विगतमा विभिन्न सरकार हुँदा र वर्तमान कांग्रेस नेतृत्वको सरकार गठन हुँदा आफ्नो पार्टीसँग भएका सम्झौता र प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिएको छ । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेकाले पुनः स्मरण गराउन ११ बुँदे ज्ञापनपत्र बुझाइ

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 61 पटक पढिएको
  • एक सातामा सिटीइ गेमिङ क्लब क्यासिनोबाट १३ नेपाली पक्राउ   

    बाँके / नेपालको कुनै पनि क्यासिनोमा विदेशी बाहेक नेपालीलाई प्रवेश गर्न निषेध भएपनि क्यासिनोहरूले निर्वाध रूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।यस्तै क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य भइरहेको विशेष सूचनाका आधारमा बाँके प्रहरीले एकै पटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । छापा मार्ने क्रममा नेपालगञ्जको धम्बोझी चोकस्थित होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट छ जना नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार उनीहरूलाई थप अनुसन्धानका

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 64 पटक पढिएको
  • प्रदर्शनमा उत्रिएकी २० वर्षीया युवतीको प्रहरीको गोली लागेर मृत्यु 

    झापा / बर्दियामा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीय माथि प्रहरीले गोली चलाउँदा एक युवतीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बर्दियाको मधुवन नगरपालिका -२ स्थित आरोली बजारीकी २० वर्षीया नविना थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयश सापकोटाले जानकारी दिए । बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघ सहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए । स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय माथि बल प्रयाग गर्दा घटन

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 252 पटक पढिएको
  • लोहोरो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

    झापा / दाङमा एक महिलाले अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या  गरेकी छिन् । दाङको घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमानको हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।मंगलबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उप

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 101 पटक पढिएको
  • आइतबारको बिदा खारेज, असार १ गतेदेखि शनिबार मात्र सार्वजनिक बिदा 

    झापा / सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो ।यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ भने आइतबार सार्वजनिक बिदा दिइने छैन ।२६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै १ जेठदेखि लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै सरकारको आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले भने उक्त निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 154 पटक पढिएको
  • सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले गर्यो चन्द्रगढी बजार क्षेत्रमा सरसफाइ

    भद्रपुर / ( रेवती घिमिरे ) जथाभावी फ्याल्ने प्लास्टिक व्यवस्थापनको दीर्घकालिक समाधान खोज्न आग्रह गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले चन्द्रगढी बजार लगायतका क्षेत्रमा सरसफाइ गरेको छ ।सेवाकेन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको नेतृत्वमा सोमवार निस्केको स्थानीय प्रहरी सहितको  टोलीले सदरमुकाम चन्द्रगढीको लेखनाथ चोक देखि बजार सहित ट्े्रड युनियन चोक सम्मको लगभग १ किलो मिटरको क्षेत्र आसपासमा  सरसफाइ  गरिएको हो ।पान पराग गुड्काका खोल जथाभावी नफालौँ, घरबाट निस्कने फोहोरीलाई एकै ठाउँमा जम्मा गरि नगरपालिकाको गाडीमा पठाऔ, सड्ने र नसड्ने फोहरोलार्इृ छुट्टा छुट

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 64 पटक पढिएको
  • सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले गर्यो चन्द्रगढी बजार क्षेत्रमा सरसफाइ

    भद्रपुर / ( रेवती घिमिरे ) जथाभावी फ्याल्ने प्लास्टिक व्यवस्थापनको दीर्घकालिक समाधान खोज्न आग्रह गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले चन्द्रगढी बजार लगायतका क्षेत्रमा सरसफाइ गरेको छ ।सेवाकेन्द्रका अध्यक्ष दुर्गा प्रसाद पाठकको नेतृत्वमा सोमवार निस्केको स्थानीय प्रहरी सहितको  टोलीले सदरमुकाम चन्द्रगढीको लेखनाथ चोक देखि बजार सहित ट्े्रड युनियन चोक सम्मको लगभग १ किलो मिटरको क्षेत्र आसपासमा  सरसफाइ  गरिएको हो ।पान पराग गुड्काका खोल जथाभावी नफालौँ, घरबाट निस्कने फोहोरीलाई एकै ठाउँमा जम्मा गरि नगरपालिकाको गाडीमा पठाऔ, सड्ने र नसड्ने फोहरोलार्इृ छुट्ट

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 27 पटक पढिएको
  • मोबाइल लुटपाट गर्ने २ जना पक्राउ

    काठमाडौँ  / काठमाडौँ महानगरपालिका- १० बाट मोबाइल लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोट मेघाङ गा. पा .वडा न -५ घर भई हाल बौद्ध बस्दै आएका बिक्की अर्याल र काभ्रे पाँचखाल -४ घर भई हाल बागबजार  बस्दै आएका राम श्रेष्ठ रहेका छन् । श्रेष्ठ भने लुटपाट गरि ल्याएको मोबाइल जानी जानी खरिद गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरूलाई नँया बानेश्वर चोक नजिकै रहेको आकाशेपुल अगाडि श्रीनगर फेन्सी कपडा पसलमा रहेको मोबाइल र नँया बानेश्वर पुल नजिक पुनम अधिकारीको साथमा रहेको मोबाइल लुटपाट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वर जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 65 पटक पढिएको
  • सुन तस्करीको नयाँ शैली : शर्ट–पाइन्टभित्र लेपन गरेर ल्याएको सुनसहित सात पक्राउ

    काठमाडाैँ / सुन तस्करले नयाँ–नयाँ तरिका अपनाएर तस्करीको धन्दा सञ्चालन गर्ने गरेको रहस्य बाहिरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करीको आरोपमा गत शनिबार दिउँसो सात जनालाई पक्राउ गरेसँगै तस्करीको नयाँ रहस्य बाहिरिएको हो ।  २१ जेठमा दुबईबाट काठमाडौँ आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरुले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सुचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।सो क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.