झापा / चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसिटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।यहाँ वि सं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ । चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लाग
काठमाडौँ / निर्वाचन आयोगको वेबसाइट डाउन भएको छ । आयोगको https://election.gov.np/np वेबसाइट आज बिहानैदेखि खुल्न छाडेको हो । के कारणले डाउन भएको हो हेर्दै छौँ आयोगको आइटी शाखाका प्राविधिक दिवस पन्तले भने ।
काठमाडौं / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आइतबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
झापा / सोलुखुम्बुको नेचासल्यान गाउँपालिका -४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका -५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य
झापा / मोटरसाइकल दुर्घटनामा रूपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु १ क ५२७६ नं को रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले कँडेल सवार लु ४४ प ८२०१ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । रूपन्देहीको सैनामैन नगरपालिका -१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौं / नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो । स्थानीयले घेरा हालेपछि सुरक्षाका लागि उद्धार गरी सुरक्षामा राखिएको काठमाडौं प्रहरी प्रभागका एसएसपी भरतबहादुर बोहोराले जानकारी दिए । उनलाई हाल महाराजगञ्ज प्रहरीमा राखिएको छ भने प्रहरीले गाडी पनि बरामद गरेको छ । प्रहरी कार्यालय बाहिर भने
काठमाडौँ / निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैँले कानुन बनाएका छन् । यसबाट निर्वाचन हुँदा करिब पाँच महिनासम्म उनीहरूले यस्तो सुविधा पाउने गरेका छन् । गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो ।उक्त कार्यविधिअनुसार निर्वाचनको कुनै काममा संलग्न आयुक्त आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा सेवा करार र काजमा संलग्न कर्मचारी, आयुक्तको
झापा / भक्तपुरमा २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधान रहेका छन् । प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित पीडितकै कोठामा गएर बलात्कार गरेको आरोप छ । बलात्कार गरी फरार भएका उनलाई उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महोत्तरी / महोत्तरीमा बिक्रीवितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्रीवितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।मदिरा बिक्रीवितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयबाट यसअघि नै मदिरा बिक्रीवितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।यसका बाबजुद पनि बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रि
झापा / निर्वाचन आयोगले ४ मङ्सिरमा परिचय पत्र हराएपनि भोट हाल्न पाउने व्यवस्था गरेको छ । परिचय पत्र हराएपनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण भएमा भोट हाल्न पाउने व्यवस्था गरेको हो । आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.