समाचार

    Showing 21,511-21,520 of 26,755 items.
  • कोटेश्वरमा आज अन्तिम चुनावी सभा गर्दै सत्ता गठबन्धन

    काठमाडौं / सत्ता गठबन्धनले आज काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ निर्वाचन परिचालन समितिको आयोजनामा आज दिउँसो २ बजे हुने सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्ने छन् । सत्ता गठबन्धनबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती प्रतिनिधि सभा उम्मेदवार छिन् । साथै प्रदेश सभा क्षेत्र (क) मा कांग्रेसका ध्रुव केसी र (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाल उम्मेदवार छन् । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएकाले सत्ता गठबन्धनको यो अ

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 67 पटक पढिएको
  • आमनिर्वाचन –२०७९ : आज मध्यरातिबाट शून्य समय सुरु हुँदै (भिडियोसहित)

    झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले आज (बिहीबार) मध्यराति देखि चुनावी प्रचार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राति १२ बजेपछि देखि शून्य समय (मौन अवधि) सुरु हुने भएकाले त्यसपछि राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार प्रसार गर्न नपाउने भएका हुन् । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्मको समयलाई शून्य समय (मौन अवधि) भनिन्छ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको निर्वाचन आयोगले ज

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 55 पटक पढिएको
  • प्रशासन कार्यालय झापाबाट प्रवाह हुने सबै सेवा मंसिर १ देखि ५ गतेसम्म ठप्प

    बिर्तामोड / जिल्ला प्रशासन कार्यालय झापाबाट प्रवाह हुने सेवाहरू पाँच दिन बन्द हुने भएको छ । प्रशासन कार्यालय झापाका अनुसार कार्यालयबाट प्रवाह हुने सेवाहरू भोलि (मंसिर १ गते) देखि ५ गतेसम्म बन्द हुने भएको हो । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कार्य सम्पन्न गर्नका लागि यस कार्यालयबाट कर्मचारी खटाउनु पर्ने भएकाले राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था, नाबालक परिचयपत्र वा सिफारिससम्बन्धी सेवाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 64 पटक पढिएको
  • सुनसरी -४ प्रदेशसभा २ का उम्मेदवार मेहताको उम्मेदवारी खारेज

    झापा / निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा (२)  बाट लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । कसुरदार वा कैफियत ठहरिएमा जुनसुकै समयमा पनि उम्मेदवारी खारेजी गर्ने अधिकार आयोगलाई हुनेछ । 

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 78 पटक पढिएको
  • १५ हजार थान नक्कली मतपत्रसहित एक भारतीय नागरिक पक्राउ

    पर्सा  /  पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय इजाजत अहमद रहेका छन् । भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका अहमदलाई मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका –२ दसौतास्थितबाट १५ हजार थान नक्कली मतपत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्। यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहर

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 57 पटक पढिएको
  • निर्वाचन लक्षित सुरक्षा व्यवस्थाको तयारी पूरा

    काठमाडौं / सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो । गृह सचिव विनोदप्रकाश सिंहले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।उनले देशका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरू सक्षम रहेको

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 62 पटक पढिएको
  • २ विदेशीसहित ४६ संस्था निर्वाचन पर्यवेक्षणमा खटिँदै

    झापा / प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितको प्रतिनिधिमण्डल नेपाल आउँदैछन् । त्यस्तै बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल अवाल, भुटानका प्रमुख निर्वाचन आयुक्त सोनम तोप्गे र माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद थोफिकको नेतृत्वमा पदाधिकारी नेपाल आउँदैछन् ।श्रीलङ्काबाट २ निर्वाचन आयुक्त एमएम मोहम्मद र एसबी देवरत्ने तथा दक्षिण

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 59 पटक पढिएको
  • झापाको कचनकवल बयस्क भाले हात्ती मृत फेला

    बिर्तामोड / झापाको कचनकवल -१ घेराबारीमा आज एक हात्ती मृत फेला मृत परेको छ । दारा नभएको हात्ती जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण गङ्गा दाहालको धानखेतमा मृत अवस्थामा फेला परेको हो । हेर्दा  बयस्क जस्तो देखिने हात्ती के कारणले मरेको हो भन्ने पोस्टमार्टम रिर्पोट आएपछि मात्र थाहा हुने  कचनकवलका वडाध्यक्ष महाबिर लिम्बुले बताए । हाल मृत हात्तीलाई स्थानीय, जिल्ला वनका कर्मचारी , प्रहरी र जनप्रतिनिधिको सहयोगमा माटोमा गाडिएको वडाध्यक्ष  लिम्बुले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 69 पटक पढिएको
  • आगलागी परि एक युवतीको मृत्यु

    काठमाडौँ / आगलागी परि भक्तपुरमा एक युवतीको मृत्यु भएको छ । आज बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका -६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको थियो । आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी अस्मिता पौने ९ बजे  मृत भेटिएको डीएसपी पाण्डेले बताए ।नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो । घटनाको अनुसन्धान भइरहे

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 75 पटक पढिएको
  • मतदान केन्द्रमा क्यामेरा र मोबाइल लैजान नपाइने (भिडियाे)

    झापा / निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल लगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ। यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा गएमा तत्काल क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाहीका लागि सुरक्षा निकायलाई जानकारी दिने पनि आयोगको भनाइ छ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोज

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 218 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.