समाचार

    Showing 21,551-21,560 of 26,755 items.
  • जापानमा नेपाली युवकको मृत्यु

    झापा / जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । अध्ययनका लागि जापान पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो । दुई महिनाअघि जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनरत उनी मङ्गलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो । नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठामा मृत भेटेका हुन् । कन्सल्टेन्सीमार्फत मृत्युबारे परिवारलाई जानकारी गराइएको साथीहरूले बताएका छन् । आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । 

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 65 पटक पढिएको
  • निर्वाचन आयोगले गर्‍यो ११६ जनालाई कारबाही

    काठमाडौं / निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ११६ जनालाई कारबाही गरेको छ । आचारसंहिता उल्लंघन गर्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै रहेको आयोगले जनाएको छ ।आयोगको तथ्याङ्कअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ । आचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ । शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ ।आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर आचारसंहिताअनुसार निर्वाचन खर्च नबुझाएका र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार भए

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 56 पटक पढिएको
  • यस्तो हुने छ आजको मौसम

    काठमाडौं / आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।  प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको  आकलन गरिएको छ । राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू- भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । 

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 46 पटक पढिएको
  • मेचीनगरको घैलाडुब्बा पुलमुनि बुद्धशान्तिका एक युवक मृत फेला

    बिर्तामोड / झापाको मेचीनगर -३ र ५ को सिमाना घैलाडुब्बा पुल मुनि एक युवक मृत फेला परेका छन् । झापा  बुद्धशान्ति गाउपालिका -५ का ४५ वर्षीय होम बा. पोख्रेल आज बिहान मृत फेला परेका हुन । स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । साइकल सहित रहेका पोख्रेलको पुलबाट झरेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) डीएसपी बसन्त पाठकले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी । 

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 69 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित बुद्धशान्तिबाट एकजना पक्राउ

    बिर्तामोड / प्रतिबन्धित लागूऔषध सहित झापाको बुद्धशान्तिबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवल गाउपालिका -१ घर भई हाल जिल्ला झापा बुद्धशान्ति गाउपालिका -३ बस्ने ३१ वर्षीय मोहमद हुसेन रहेका छन् । शनिबार बेलुका लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लेसाइलो पदार्थ १०२ ग्राम सहित फेला पारी पक्राउ गरेको हो । हुसेन पक्राउ गरि सोधपुछ गर्दा जिल्ला झापा मेचीनगर -८ बस्ने बिकाश राजवंशी सहित भारतमा गई खरिद गरी ल्

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 60 पटक पढिएको
  • यी सवारी साधनले निर्वाचनका दिन पासबिनै हिँड्न पाउने

    काठमाडौं / प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज आवागमन व्यवस्था गरेको हो । आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकलका लागि सवारी अनुगमन पत्र आवश्यक पर्ने छैन । खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार तथा दूध बोक्ने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी आवागमनका लागि प्रयोग हुने सवारी साधनका लागि पनि अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । त्यस्तै, दूरसञ्चार तथा क

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 63 पटक पढिएको
  • निर्वाचन सुरक्षाका लागी नेपाली सेना परिचालन

    काठमाडौँ / आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागी नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 82 पटक पढिएको
  • जिल्ला र देशबासीकै बेइज्जत गर्नेलाई किन भोट दिने : अध्यक्ष ओली

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्ला र देशबासीकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्न डोटी पुगेका उनले प्रेम आले मगर तर्फ अंकित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए । उनले आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त रु भनेर प्रश्न गरेका थिए । उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुर्‍याएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिई एमालेलाई दिन आग्रह गरे ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 57 पटक पढिएको
  • पाटे बाघ मृतावस्थामा फेला

    झापा / बर्दियाको मधुवन नगरपालिका -८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया पठाइएको छ । बाघको मृत्युको कारण परीक्षण पछि मात्र खुल्ने छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 78 पटक पढिएको
  • झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

    बिर्तामोड / जिल्ला निर्वाचन कार्यालय झापाले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचनमा आवश्यक पर्ने सबै सामाग्री मतदान केन्द्रमा पुर्याइ सकिएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए पछि कूल मतदाताको सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ पुगेका र तीमध्ये तीन लाख ३१ हजार ४४ पुरुष र तीन लाख ३२ हजार दुई सय ५९ महिला रहेको सूचना अधिकारी  न्यौपानेले बताए ।  त्यस्तै जिल्लामा  आठ अन्य समूहका मतदाताको

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.