समाचार

    Showing 21,781-21,790 of 26,755 items.
  • ब्राउन सुगरसहित बिर्तामोडबाट एक पक्राउ

    बिर्तामोड  / प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जनालाई बिर्ता बजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- १ घर भई बिर्तामोड -३ पशुपति टोलमा डेरा गरी बस्ने २१ वर्षीय राहुल राजवंशी रहेका छन् ।शनिवार दिउँसो ३ बजे प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक प्रवीण खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजवंशीलाई शङ्का लागेर उनको कोठामा चेकजाँच गर्दा १० ग्राम ब्राउन सुगर फेला परेको थियो ।लागू औषधसहित नियन्त्रणमा लिई उनलाई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १६, २०७९
    • 79 पटक पढिएको
  • आमा र काकाको हत्या गरेको आरोपमा झापाबाट एक पक्राउ

    बिर्तामोड / झापाको कमल गाउपालिकामा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय चन्द्रबहादुर माझी रहेको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । चन्द्रबहादुर माझी कमल गाउँपालिका- २ स्थित सिमलडाँगी निवासी ५० बर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्तबहादुर माझीको हत्या हत्या गरेका हुन् । चन्द्रले आमा चन्द्रकला र काका सन्तबहादुरलाई शनिवार राती १० बजे सुतिरहेको ठाउँमै खुकुरी प्रहार गरी हत्या गरेका हुन । घटना भए लगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको एसपी पोखरेलले बताए । पारिवारिक कलह

    • प्रकाशित मितिः असोज १६, २०७९
    • 103 पटक पढिएको
  • छोराको हत्या गरि फरार रहेका बाबु पक्राउ

    काठमाडौँ / छोराको हत्या गरि फरार रहेका आरोपी बाबु आज पक्राउ परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–११, विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका -११ इन्द्रपुरस्थित गाउँबाट उनलाई पक्राउ  गरेको हो ।लौरंगलालले २० वर्षका छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतल प्रहार गरेर सख्त घाइते बनाएका थिए ।  गम्भीर घाइते भएका विवेकको उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो  । लौरंगलाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बर्दिया प्रहरीले

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 72 पटक पढिएको
  • निर्वाचन आयोगको ‘प्रेस अफिस’मा आर्मी र प्रहरी राखेकोप्रति पत्रकार महासङ्घको आपत्ति

    काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि निर्माण गरेको ‘प्रेस अफिस’मा नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गरेर उक्त संयन्त्र निर्माण प्रति आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न आयोगले उक्त सयन्त्र निर्माण गरेको हो । तर, महासंघले सञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 71 पटक पढिएको
  • मोरङमा शंकास्पद अवस्थामा युवकको शव फेला

    बिर्तामोड / मोरङमा एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ । सुनवर्षी नगरपालिकामा वडा नम्बर -४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादवको शव शुक्रबार बिहान  फेला परेको हो । बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए । शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो । प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट छ । स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको बताए । ‘मृत

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 110 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा नेपाली पक्राउ

    झापा / दाङमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१३ रानिपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपाली रहेको प्रहरीले जनाएको छ । नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 78 पटक पढिएको
  • अव्यवस्थित पार्किङका कारण बिर्तामोड सहर अस्तव्यस्त (भिडियाेसहित)

    अनिता  बिष्टबिर्तामोड / चाडपर्व नजिकिएसँगै झापाको मुटु भनेर चिनिने बिर्तामोड बजारमा मानिसहरूको चहलपहल बढ्न थालेको छ । झापा लगायत पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलामको व्यापारिक केन्द्र समेत रहेको बिर्तामोडमा दशैँ तिहार नजिकिएसँगै किनमेल गर्नेहरूको भिड लागेको हो ।किनमेल गर्न आउनेहरुको भिडले नै बजार अस्तव्यस्त भइरहेको बेला सवारीसाधनहरू अव्यवस्थित तरिकाले पार्किङ गर्दा सर्वसाधारणले झन सास्ती भोग्नु परेको छ । व्यापारी, विभिन्न संघ संस्थामा काम गर्ने कर्मचारी र आम मानिसले सडक तथा सडकका पेटी कब्जा गरी अनियन्त्रित रुपमा सवारीसाधन पार्किङ गर्दा आफूहरूले झन सास्ती भोग्नु परेको सर्वसाधा

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 119 पटक पढिएको
  • करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु

    बिर्तामोड / मोरङको उर्लाबारी नगरपालिका -१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  कटहरी गाउँपालिका-२ मोरङका ३५ वर्षीय उद्धव परियार रहेका छन । बिहीबार अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी.कन्ट्रक्सनद्धारा निर्माणाधीन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा बेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 65 पटक पढिएको
  • आज सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।महासङ्घको अनुसार हिजो प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, बजारमा आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 71 पटक पढिएको
  • दलितले मन्दिर प्रवेश गरेको भन्दै कुटपिट , वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    झापा / बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले त्रिवेणी नगरपालिका -७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् । उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए । कुटपिटमा सं

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 79 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.